ताजा अपडेट »

चिनियाँ फुटबल सङ्घका अध्यक्ष नेपाल आउने

विहीबार, १६ फागुन २०७५, १० : ५२
4 Shares


फागुन  १६ ,काठमाडौँ।  दुईदिने औपचारिक भ्रमणका लागि चिनियाँ फुटबल सङ्घका अध्यक्ष चाइ झिन्हुआ आज नेपाल आउने भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरका अनुसार चाइ झिन्हुआ आज दिउँसो १ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम छ ।

उहाँसँग चीन र नेपालबीच फुटबलको क्षेत्रमा हुनसक्ने सहकार्यका विषयमा छलफल हुने महासचिव तुलाधरले जानकारी दिनुभयो । दुई दिने नेपाल भ्रमणमा रहेको बेला चिनियाँ खेलकूद मन्त्रालयका सहमन्त्रीसमेत रहनुभएका झिन्हुआले फुटबलका क्षेत्रमा हुनसक्ने सहकार्यका विषयमा एन्फासँग औपचारिक सम्झौतासमेत गर्नुहुने बताइएको छ ।

“दुई देशबीच मैत्रीपूर्ण फुटबल खेल खेलाउन तथा फुटबलको पूर्वाधार निर्माणमा प्राप्त गर्न सकिने सहयोगमा विषयमा छलफल हुनेछ”, उहाँले भन्नुभयो । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।