२४ माघ २०७९, मंगलवार

Feb 7, 2023

काठमाडौ । लकडाउनकै अवस्थामा पनि अत्यावश्यकीय वस्तुको आयातमा कुनै असर नपरेको भन्सार विभागले जनाएको छ । यस्ता वस्तुको आयात सामान्य अवस्थामा जस्तै नियमित र सहज किसिमबाटै जारी रहेको विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए।

दाल, चामल, चिनी, ग्यासजस्ता अत्यावश्यकीय वस्तु नियमितजस्तै निर्बाध रूपमा आयात भइरहेको छ, उनले भने ।
विभागका अनुसार आयात र निर्यातको समग्र मात्रा भने घटेको छ । यद्यपि अत्यावश्यकीय वस्तु भने पहिलेकै परिमाणमा आयात भइरहेको दाहालले स्पष्ट पारे ।सामान्य अवस्था आयातमध्ये १० प्रतिशत अत्यावश्यकीय वस्तु हुन्थ्यो, उनले भने , अहिले पनि अत्यावश्यकीय बस्तु त्यति नै आयात भएको छ तर अन्य वस्तुको आयात भने १० प्रतिशतमा झरेको छ ।

आयातित वस्तुलाई पूर्ण रूपमा ‘डिसइन्फेक्ट’ गराएर मात्र नेपाल प्रवेश गराइएको महानिर्देशक दाहालले जानकारी दिए । पूर्ण सुरक्षाको विधि प्रयोग गरेर सुरक्षित रूपमा व्यापारको काम नियमित गरिएको उनले बताए । चीनतर्फका नाका खुला गरिए पनि अत्यावश्यक वस्तु भारतबाटै अयात हुँदै आएको छ ।- गोरखापत्र 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक संघको अध्यक्षमा डा. अनिलबिक्रम कार्की निर्वाचित लुम्बिनीमा मोरारी वापूको कथा वाचन विवाद साम्य, चार बुँदे सहमतीसँगै वाचन शुरु अभिनेत्री निता ढुंगानाले सार्वजनिक गरिन् आफ्नो चलचित्रमा काम गर्ने भारतीय कलाकारको यस्ता तस्बिर बुटवल उपमहानगरस्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि संयोजक र उप-समितिहरु गठन पूर्वसांसद कर्मा घलेको निधन ज्ञानगँगामा १६ वर्ष मुनिका अन्तर विद्यालय छात्र ब्याटमिन्टन मृत्युको आयु ! मणिमुकुन्द रनिङशिल्ड भलिबल : उद्घाटन खेलमा पर्वत र नवलपुर विजयी गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू भारतलाई हराउँदै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा चुणामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश शेरबहादुर देउवालाई विपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वाेच्चमा रिट सेयर बजार ७६.६४ अंकले बढ्याे बिदा घटाउने तयारीमा सरकार तिलोत्तमा २ स्थित शंकरनगर दुर्गादत्त माविमा विज्ञान प्रदर्शनी टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका काठमाडौंका मुख्य सडकमा बत्ती जडान गर्न महानगर र प्राधिकरणबीच सम्झौता