१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

बुटवल । विश्वभर नै कोरोना भाइरसबाट संक्रमितको संख्या बढ्दो क्रममा छ। आज बिहानसम्ममा संक्रमितको संख्या १२ लाख ७२ हजार नाघेको छ। त्यसैगरी ६९ हजार ३ सय ५० जनाको मृत्यु भइसकेको छ। पछिल्लो दुई सातामा हिजो इटालीमा पहिलोपटक मृतकको संख्यामा कमी आएको छ। हिजो त्यहाँ ५२५ जनाको मृत्यु भयो । त्यहाँ अहिलेसम्म १५ हजार ८ सय ८७ जनाको मृत्यु भइसकेको छ ।

Advertisement

उता स्पेनमा पछिल्लो २४ घढटामा ६ सय ७४ जनाको ज्यान गयो । त्यहाँ मृतकको संख्या १२ हजार ६ सय ४१ पुगेको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ। विश्वमै सबैभन्दा बढी साढे ३ लाख संक्रमित अमेरिकामा छन्। त्यसैगरी मृतकको संख्या साढे ९ हजार नाघेको छ। फ्रान्समा पनि कोरोनाका मृतकको संख्या ८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३५७ जनाको ज्यान गएको छ। ९० हजार संक्रमित उपचाररत छन् ।
बेलायतमा पछिल्लो २४ घण्टामा ६२१ जनाको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या झन्डै ५ हजार छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसेन अस्पताल भर्ना भएका छन् ।
महारानी एलिजाबेथले राष्ट्रका नाममा सम्बोधन गर्दै स्वास्थ्यकर्मीलाई आभार व्यक्त गरेकी छन् र कोरोनाको संकट चाँडै अन्त्य हुने आशा व्यक्त गरेकी छन् । महारानीले देशको नाममा सम्बोधन गर्नु बेलायतमा दुर्लभ घटना हो । भारतमा संक्रमितको संख्या ३ हजार ५ सय ७७ र मृतकको संख्या ८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरसबाट झन्डै ४७ सय जनाले कोरोना भाइरसबाट ज्यान गुमाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा भारतीय नागरिकले हिजो बेलुका बिजुली बत्ती बन्द गरी दियो, मैनबत्ती, टर्चलाइट, मोबाइलको फ्लासलाइट बालेर कोरोना भाइरसविरुद्ध ऐक्यवद्धता प्रकट गरेका छन्। कोरोना भाइरसको उद्गम मुलुक चीन भने अहिले शान्त छ।

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु