ताजा अपडेट »

लाफा समुहद्धारा एक सय घरपरिवारलाई खाद्यान्न वितरण

आइतबार, २३ चैत्र २०७६, २२ : ०५
10 Shares

बुटवल । खेलकुदसंगै सामाजिक गतिविधिमा अग्रसर रहेको बुटवलको लाफा समुहले दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने एक सय परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

कोरोना भाईरसको संक्रमण रोक्न नेपाल सरकारले गरेको लक डाउनको अवधि थप हुदै जादा समस्यामा परेको बुटवल-११, सत्यवती(विनापाते) टोल समितिका ७० र वडा नं ८ का ३० गरि एक सय घरधुरीलाई १५ किलो चामल, २ किलो दाल, १ लिटर तेल र एक पोका नुन वितरण गरेको हो ।

बुटवल उपमहानगरपालिकाले नगरका सबै वडाहरुमा दैनिक ज्यालादारीमा जीविकोपार्जन गर्ने श्रमिकका घरपरिवारका लागि बनाएको राहत प्याकेज अनुसार वडा नम्बर ११ संग सम्पर्क गरी सत्यवती टोल समितिका अध्यक्ष भिम बहादुर केसी र वडा नं. ८ का वडा अध्यक्ष भिम बहादुर श्रेष्ठलाई सहयोग हस्तान्तरण गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।