ताजा अपडेट »

ज्ञानपुञ्जद्वारा १ लाख बराबरको राहत सामाग्री वितरण

आइतबार, २३ चैत्र २०७६, २० : ३७
6 Shares

बुटवल । रूपन्देहीको बुटवल-११, नहरपुरमा अवस्थित ज्ञानपुञ्ज बोर्डिङ स्कूलले आईतबार एक लाख बराबरको खाद्यान्न सामाग्री वितरण गरेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना (कोभिड-१९) को रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण विपन्न परिवारमा भएको अभावलाई मध्यनजर गरि राहत सामाग्री वितरण गरिएको विद्यालयका प्राचार्य तोयानाथ पौडेलले जानकारी गराए ।

विगत लामो समयदेखि नहरपुरको शैक्षिक क्षेत्रमा योगदान पुर्याउँदै आएको ज्ञानपुञ्ज बोर्डिङले वडा नम्बर ११ को सिर्जना टोलका ८४ घर परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेको हो । वडा नम्बर ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, नेकपाका रूपन्देेेेही जिल्ला सदस्य राजेन्द्र ढकाल तथा वडा अध्यक्ष अन्जन भट्टराईको उपस्थितीमा राहत सामाग्री हस्तान्तरण गरिएको विद्यालयले जानकारी गराएको छ । नून, तेल, दाल, चामल लगायत दैनिक उपभोग्य खाद्य सामाग्री सिर्जना टोल विकास संस्थाका अध्यक्ष कर्णबहादुर फालको जिम्मामा स्थानीयलाई घर-घरमा पुर्याउने गरि हस्तान्तरण गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।