ताजा अपडेट »

प्रदेशसभा सचिवालयद्वारा कोरोना नियन्त्रण तथा उपचार कोषमा २३ लाख भन्दा बढी सहयोग

आइतबार, २३ चैत्र २०७६, १९ : ३४
4 Shares

बुटवल । प्रदेश ५ को प्रदेशसभा सचिवालयले प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा २३ लाख ३० हजार ४ सय २५ रुपैयाँ सहयोग गरेको छ ।

कोषमा प्रदेशसभाका सभामुख, उपसभामुखको १ महिना बराबरको तलब, प्रदेशसभाका सदस्यहरुको १५ दिनको तलब र सचिवालयका कर्मचारीहरुको तह अनुसार क्रमशः ७, ५ र ३ दिनको तलब बराबरको रकम राष्ट्रिय वाणिज्य बैंक, बुटवल शाखाबाट जम्मा गरेको प्रदेशसभाका सचिव दुर्लभ कुमार पुन मगर प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएका छन् ।

प्रदेशसभाका सभामुख, उपसभामुख , प्रदेशसभाका सदस्यहरुले यस अघि नै उक्त रकम सहयोग गर्ने घोषण गरेका थिए । प्रदेश ५ को प्रदेशसभामा ८७ जना सदस्यहरु रहेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।