ताजा अपडेट »

कैलालीका कोरोना संक्रमित युवासँगै आउने दाङका १० जना युवाको पहिचान

आइतबार, २३ चैत्र २०७६, १८ : ४४
6 Shares


दाङ । कैलालीका कोरोना संक्रमित २१ वर्षीय युवासँगै आउने दाङका १० जना युवाको पुष्टि भएको छ । संक्रमित युवासंगै आउने दाङका युवामध्ये अधिकांश घोराहीका रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही–४ का ६ जना युवा रहेका पुष्टि भएको छ ।

त्यहाँ नारावाजी गर्ने झन्डै एक हजारको हाराहारीमा भारतवाट आएका मानिसहरु थिए । जसमा दाङ देउखुरी अन्तर्गत लमही नगरपालिका वडा नं. ५ का २० बर्षीय शेरबहादुर कुमाल, सोही ठाउँका २५ बर्षीय रमेश मल्ल रहेका छन् । त्यसैगरी देउखुरीको राजपुर गाउँपालिका वडा नं. ७ का २६ बर्षीय अमर कुमाल, सोही ठाउँका १९ बर्षीय रामसागर थारु रहेका छन् । उक्त दिन त्यो भिडमा घोराही उपमहानगरपालिका वडा नं. ४ का २२ वर्षीय टिकाराम रोका, सोही ठाउँकै २२ वर्षीय पदमकुमार रोका, २९ वर्षीय दिपक पुन, २६ वर्षीय मोहन रोका र १७ वर्षीय जीवन रोका र बबई गाउँपालिका वडा नं. २ का १९ बर्षीय दशरथ परियारपनि उक्त दिन संगै आएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रशाद रिजालले दशैजना सबैको नाम पहिचान भइसकेको र उनीहरुको खोजी तीव्र रुपमा भइरहेको जानकारी दिए। कोरोना संक्रमित २१ वर्षीय युवा सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट फर्किएको थिए । चैत ११ गते नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै गौरीफन्टामा नाराबाजीमा उत्रिएको भीडमा उनीहरु पनि सहभागी रहेको पाइएको प्रहरीले जनाएको छ । उनीहरुको खोजि भइरहेको सम्बन्धित स्थानीय पालिकाका प्रमुखले जनाएका छन् ।

उनीसँगै गौरीफन्टामा नाकामा रहेका ९ सय ९९ जनाले नेपाल आउन पाउनुपर्ने माग गर्दै प्रर्दशन गरेका थिए । त्यसपछि मन्त्रीपरिषद् बैठकको निर्णयपश्चात सीमामा रोकिएका ९ सय ९९ जनालाई प्रहरीले २१ वटा बसमार्फत गन्तव्य पठाएको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।