२० माघ २०७९, शुक्रबार

Feb 3, 2023

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अत्यावश्यक कामबाहेक अन्य नगरपालिका तथा गाउँपालिकबाट आउने मानिसको आवतजावत रोक्ने निर्णय गरेको छ ।

Advertisement

आइतबार बसेको कोरोना भाइरस ( कोभिड-१९) पूर्वतयारी निर्देशक समितिको बैठकले लकडाउनलाई प्रभावकारी बनाउन नगर प्रवेश गर्ने प्रमुख तथा सहायक सडक नाकामा सुरक्षाकर्मी र जनप्रतिनिधिको संयुक्त चेकजाँच टोली परिचालन गर्ने निर्णय गरेको हो ।

सीमावर्ती भारतीय गाउँमा कोरोनो संक्रमणका बिरामी फेला परेको अवस्थालाई मध्यनजर गरी समितिको बैठकले लकडाउनलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले बताए । सरकारले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको भन्दै एक प्रदेशदेखि अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवतजावत पनि कडीकडाउ गर्ने बताएको थियो ।

निर्देशक समितिको बैठकले लकडाउनलाई प्रभावकारी बनाउन प्रहरी गस्ती बढाउने, खाद्यबस्तु, तरकारी तथा अत्यावश्यक सामान खरिद-बिक्रीको लागि तोकिएको समयसीमा घटाएर दिउँसो १२ देखि २ बजेको समय काम गर्ने लगायतका निर्णय छ। बैठकले अत्यावश्यक कामविना सडकमा हिँड्ने, चोक-चोकमा जम्मा हुने, तोकिए बाहेकको समयमा पसल खोल्नेहरुलाई कारवाही गर्ने निर्णय समेत गरेको । यस्तै जनप्रतिनिधिसँगको सहकार्यमा जनपद, सशस्त्र र नगर प्रहरीले गस्तीलाई प्रभावकारी बनाउने, अत्यावश्यक सामानको खरिद बिक्रीमा सामाजिक दुरी कायम नगराउने पसललाई बन्द गराउने समेतको निर्णय निर्देशक समितिको बैठकले गरेको छ ।


जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मीका प्रतिनिधि संग्लन बैठकले नगरपालिकाका सबै कर्मचारीलाई कार्यालयको सम्पर्कमा राख्ने, स्वास्थ्य शाखामार्फत् कोरोना पूर्वतयारीको विस्तृत कार्ययोजना बनाउनेलगायतका निर्णय समेत गरेको छ ।
बैठकमा नगर प्रमुख बासुदेव घिमिरेले कोरोना संक्रमण रोक्न नगरपालिकाले गरिरहेका कामको बारेमा जानकारी गराएका थिए।

उपप्रमुख जागेश्वरी चौधरीले नगरपालिकाले छिट्टै दोस्रो चरणको राहत वितरण सुरु गर्ने जनाउँदै राहत सामाग्री वितरणमा एकद्धार प्रणाली अपनाइएको बताइन् ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा हुने राम कथा ३ दिन पछि सर्यो : माघ २४ देखि प्रवचन, २१ गतेदेखि नै भण्डारा विरगाथाका सदस्यलाई सहकारी शिक्षा शहकारी सञ्चालकको मनपरीले बचतकर्ताको रकम जोखिममा वाट्सएपमा ‘नेपाली केटी’ एपको प्रयोग गरी लाखौ रकम ठगी गर्ने ८ जना पक्राउ माधव नेपाललाई भेट्न नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा देशको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ : प्रधानमन्त्री लुम्बिनीबाट कुशिनगरसम्म बौद्धपरिपथ साईकल यात्रा शुरु बढ्दैछन् लागूऔषध दुर्व्यसनी शनिबार रुपन्देहीको तिलोत्तमामा रोटरीका सदस्य बीच ब्याडमिन्टन नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै काट्न सकिने शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री श्रममन्त्री अर्याल र मलेसियाका गृहमन्त्री नासुसनबीच भेटवार्ता गण्डकी प्रदेशसभाबाट दुईवटा अध्यादेश पारित पठान सफल हुँदा आमिर खान विस्थापित ! बैंकको चर्को ब्याजले बिस्थापित हुने अवस्थामा पुगेको ईट्टा व्यवसायीको चिन्ता कपिलवस्तुमा २१ लाखसहित तीन जना पक्राउ गाडी चलाउँदा चलाउँदै घनश्याम भुसाल बेहोस, सिभिल अस्पतालमा भर्ना सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वाेच्चको आदेश हेमन्त कान्छाको पिरतीमा विजय, निशा र चाहना सन्दिप लामिछानेलाई राष्ट्रिय टिममा राखेको विरोधमा सामाजिक सञ्जालमा