२० माघ २०७९, शुक्रबार

Feb 3, 2023

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले राहत स्वरुप ८५१ जनालाई खाद्यान्न वितरण गरेको छ । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन लक डाउनका कारण बिहान–साँझ छाक टार्न समस्या परेकाहरुलाई खाद्यान्न सामाग्री बितरण गरेको हो । नगरपालिकाको वडा नम्बर १ मा १८६ जना, वडा नम्बर २ मा १०३ जना, वडा नम्बर ३ मा १०९ जना, वडा नम्बर ४ मा १०२ जना, वडा नम्बर १० मा १३८ जना, वडा नम्बर ११ मा ७५ जना, वडा नम्बर १२ मा १३८ जना गरि ८५१ जनालाई राहत बितरण गरिएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले बताए । रेसुङ्गानगरपालिकाले विपन्न परिवारहरुलाई राहत बाड्ने कार्य सुरु गरेकाले कोहि विपन्न परिवार खाननपाएर मर्न नपर्नेनगरप्रमुख डिल्लीराज भुसालले बताए ।

प्रत्येक परिवारको संख्याको आधारमा राहतवितरण गरेको र फेरी लकडाउनको अवधि थपिएमा पुन राहतको कार्यक्रम अगाडि वढाउने रेसुङ्गा नगरपालिकाले जनाएको छ । राहत स्वरुप १ जना व्यक्ति भएको परिवारमा ५ किलो चामल, आधालिटर तेल, आधाकिलो दाल, १ किलो नुन अतिविपन्न परिवारको निम्ति खाद्ययन्न वितरण गरेको रेसुङ्गानगरपालिकाकाप्रवक्तातथा वडा नम्बर १० का वडा अध्यक्ष पदम अर्यालले बताए । लक डाउनका कारण ज्याला मजदुरी गर्न नपाएर बिहान–साँझ खानाको निम्ति समस्या परेकाहरु राहत पाउदा खुसी भएका थिए । नगर भित्रका सबै वडाहरुमा अति बिपन्न परिवार सबैलाई राहत स्वरुप खाद्ययन्न बितरण गरिएको नगरप्रमुख भुसालले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा हुने राम कथा ३ दिन पछि सर्यो : माघ २४ देखि प्रवचन, २१ गतेदेखि नै भण्डारा विरगाथाका सदस्यलाई सहकारी शिक्षा शहकारी सञ्चालकको मनपरीले बचतकर्ताको रकम जोखिममा वाट्सएपमा ‘नेपाली केटी’ एपको प्रयोग गरी लाखौ रकम ठगी गर्ने ८ जना पक्राउ माधव नेपाललाई भेट्न नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा देशको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ : प्रधानमन्त्री लुम्बिनीबाट कुशिनगरसम्म बौद्धपरिपथ साईकल यात्रा शुरु बढ्दैछन् लागूऔषध दुर्व्यसनी शनिबार रुपन्देहीको तिलोत्तमामा रोटरीका सदस्य बीच ब्याडमिन्टन नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै काट्न सकिने शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री श्रममन्त्री अर्याल र मलेसियाका गृहमन्त्री नासुसनबीच भेटवार्ता गण्डकी प्रदेशसभाबाट दुईवटा अध्यादेश पारित पठान सफल हुँदा आमिर खान विस्थापित ! बैंकको चर्को ब्याजले बिस्थापित हुने अवस्थामा पुगेको ईट्टा व्यवसायीको चिन्ता कपिलवस्तुमा २१ लाखसहित तीन जना पक्राउ गाडी चलाउँदा चलाउँदै घनश्याम भुसाल बेहोस, सिभिल अस्पतालमा भर्ना सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वाेच्चको आदेश हेमन्त कान्छाको पिरतीमा विजय, निशा र चाहना सन्दिप लामिछानेलाई राष्ट्रिय टिममा राखेको विरोधमा सामाजिक सञ्जालमा