ताजा अपडेट »

आजदेखि बुटवलको तरकारी बजार बन्द

आइतबार, २३ चैत्र २०७६, ०९ : ००
8 Shares

बुटवल । बुटवलस्थित कृषि उपज थोक बजार आजदेखि २५ गतेसम्मको लागि बन्द भएको छ ।

भारतबाट दिनहुँ हरियो तरकारी उपज केन्द्रमा आउने र खरिदकर्ताको भीडभाड अत्याधिक बढ्ने भएकाले बुटवल उपमहानगरपालिकाको निर्देशनमा बुटवल कृषि उपज थोक बजार केन्द्र बन्द गरिएको हो । यद्यपि सरकारले लकडाउन पुनः थप गरे उपज केन्द्र बन्द गर्ने वा खोल्ने समितिले निर्णय गर्नेछ ।

कृर्षि थोक उपज केन्द्रमा आउने तरकारी भारतीय बजारबाट आउने गरेको र भारतीय सीमा क्षेत्रमा समेत कोरोनाका संक्रमित फेला पर्न थालेपछि कृषि थोक उपज केन्द्र बन्द गर्न दवाव पर्दै आएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।