ताजा अपडेट »

प्रदेश, जिल्ला र स्थानीय तहबीचमा आवतजावत गर्न नपाइने

आइतबार, २३ चैत्र २०७६, ०८ : २६

काठमाडौ । सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गर्दै आएको लकडाउनलाई थप कडाई गर्ने भएको छ । लकडाउनको पूर्णपालना नभएको भन्दै सरकारले कडाई गर्ने भएको हो ।

आज बसेको मन्त्रिपरिषद्को बैठकलेले अब देखि एक प्रदेशदेखि अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवतजावत पनि कडीकडाउ गर्ने भएको छ । यस्को लागि सबै निकायको समन्वय आवश्यक भएको ठहर पनि मन्त्रिपरिषद्ले गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।