ताजा अपडेट »

मन्त्री निवास पुगेर रवीन्द्रका परिवारलाई के भनेर सान्त्वना दिए ओलीले ?

विहीबार, १६ फागुन २०७५, १० : ३१
8 Shares


फागुन १५ ,काठमाण्डु प्रधानमन्त्री केपी ओलीले हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री ।

रवीन्द्र अधिकारीका परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार साँझ मन्त्री निवास पुल्चोक पुगेर स्वर्गीय अधिकारीका परिवारजनमा समवेदना व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायत मन्त्रिपरिषद्का सदस्यले पनि अधिकारीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरे । - रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।