ताजा अपडेट »

हवाई इन्धनको मूल्य घट्यो

विहीबार, २६ पुस २०७५, ११ : ४३
2 Shares

आन्तरिक हवाई इन्धनको मूल्य घटेको छ।  नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी आन्तरिक उडानमा प्रयोग हुने इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको हो।

यसअघि १०४ रुपैयाँ ५० पैसा लिटर रहेको उक्त इन्धनको मूल्य अबदेखि ९४ रुपैयाँ ५० पैसामा कायम भएको छ। इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घट्ने अनुमान गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।