१६ माघ २०७९, सोमबार

Jan 30, 2023

बुटवल । प्रदेशमा कोभिड-१९ संक्रमण सम्बन्धी कार्यहरु प्रभावकारी ढंगले छिटो, व्यवस्थित र समन्वयात्मक रुपमा गर्नका लागि मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा संकट व्यवस्थापन केन्द्र क्राइसिस मेनेजमेष्ट सेन्टर सिएमसि स्थापना गरिएको छ ।

Advertisement

गठित क्राइसिस म्यानेजमेण्ट सेन्टरको बैठकले आम जनमानसमा कोरोना भाईरस सम्वन्धी त्रासका कारण रोग लुकाई घर मै वस्दा थप संकट उत्पन्न हुनसक्ने संभावनालाई मध्यनजर गरी आमरुपमा सन्देशमूलक सूचनाहरु सामाजिक विकास मन्त्रालयले संप्रेषण गरी अनावश्यक त्रास न्यूनीकरण गर्ने, प्रमुख जिल्ला अधिकारीले जिल्लास्थित जनस्वास्थ्य कार्यालय प्रमुखहरुको समन्वय र सहयोगमा जिल्लामा रहेका एम्वुलेन्सका चालकहरुलाई सहज ढंङ्गले सेवाप्रवाह गर्नका लागि मनोपरामर्श गर्ने लगायतका निर्णयहरु गरेको छ ।

प्रमुख जिल्ला अधिकारीले कोरोना भाइरसका कारण हुनसक्ने मृतकहरुको शव व्यवस्थापनका लागि जिल्लास्थित सुरक्षा निकायको नेतृत्वमा एक टिम बनाउने र उक्त टिममा रहने सदस्यहरुका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने निर्णय गरेको मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रेस सल्लाहकार सेरबहादुर केसीले सामाजिक सञ्जालद्वारा जानकारी गराएका छन् ।

स्वास्थ्य उपकरण तथा औषधीहरु आपूर्तिका लागि सामाजिक विकास मन्त्रालयले स्वास्थ्य निर्देशनालयमार्फत आवश्यक पर्न सक्ने स्वास्थ्य उपकरण, औषधीको विवरण र योजना तयार गर्ने, प्रदेशबाट व्यवस्थापन हुन नसक्ने औषधी नेपाल सरकारसँग माग गरी पठाउने, मागबमोजिम नेपाल सरकारबाट उपलब्ध हुन नसक्ने औषधी खरिद गरी स्वास्थ्य उपकरण र औषधी आपूर्तिको सुनिश्चितता कायम गर्ने लगायतका काम गर्ने भएको छ ।

जनशक्ति व्यवस्थापनका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालय वा अन्तर्गतबाट निर्देशन भएबमोजिम गर्ने ।आर्थिक मामिला तथा योजना मन्त्रालयले कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि सामान्य अवस्था र असामान्य अवस्थामा आवश्यक पर्न सक्ने बजेट व्यवस्थापन बारेमा तयारी गरी राख्ने । यस प्रदेशमा प्राप्त हुने आर्थिक सहयोग कोरोना रोग-९ नियन्त्रण तथा उपचार कोष र स्वास्थ्य सम्वन्धी वस्तुगत सहयोग सामाजिक विकास मन्त्रालयमार्फत एकिकृत रुपमा संकलन र व्यवस्थापन गर्ने भएको छ ।

क्राइसिस मेनेजमेण्ट सेन्टरको सदस्यमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, सामाजिक विकास मन्त्री सुदर्शन बराल, प्रदेश सरकारका प्रमुख सचिव तोयनारायण ज्ञवाली, मध्यपश्चिम पृतना बुटवलका पृतनापति सिताराम खडका, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिबराज सुवेदी, आर्थिक मामिला योजना मन्त्रालयका सचिव मधु मरासिनी, आन्तरिक मामिला तथा कानुनमन्त्रालयका सचिव शंकर खरेल, सामाजिक विकास मन्त्रालयका सचिव गोपीकृष्ण खनाल, नेपाली प्रहरी प्रदेश ५ का प्रमुख, सशस्त्र प्रहरी बल प्रदेश ५ का प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख रहका छन् । सदस्यसचिवमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव भरतमणि सुवेदीलाई तोकिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु