ताजा अपडेट »

कोरोना विरुद्ध सहकार्य गर्ने विप्लवको प्रतिबद्धता, संकटको बेला भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने चेतावनी

शनिबार, २२ चैत्र २०७६, १७ : ०४
6 Shares

बुटवल । सरकारद्वारा प्रतिबन्धित दल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले महामारीका रूपमा संसारभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण नेपालमा नियन्त्रण र रोकथामका लागि सहकार्य गर्ने जनाउँदै प्रतिबद्धता गरेको छ । सरकारले पूर्व सूचित समस्याको समयमा जनतलाई सुरक्षाको अनुभूति गराउन नसकेको ठहर गर्दै यसको प्रकोप रोक्न आफ्नो पार्टी सबैसँग सहकार्य गर्न तयार रहेको उनले बताएका छन् । शनिबार प्रेस वक्तव्य जारी गर्दै विप्लवले कोरोना महामारीबाट जनतालाई जोगाउन सरकारलाई १६ बुँदे सुझाव दिँदै पार्टीले गर्ने ६ कार्यको सूची पनि प्रस्तुत गरेका छन् । महासचिव विप्लवले जारी गरेको प्रेस वक्तव्यको आरम्भमा भनिएको छ, ‘चीनको वुहान सहरबाट देखापरेको कोरोना भाइरस अहिले विश्वलाई नै प्रभावित पार्ने गरी फैलिरहेको छ । यसले हजारौँको ज्यान लिइसकेको छ, लाखौँमा सङ्क्रमित भएको छ, अर्बौं मानिसलाई भयभीत बनाएको छ । यो भाइरसको प्रभावलाई मानिसहरूले दोस्रो विश्वयुद्धपछिको सङ्कट भत्र थालेका छन् । यसले विश्व–अर्थव्यवस्थामा गम्भीर प्रभाव पार्ने आँकलन गरिएको छ ।’


कोरोना सङ्क्रमण फैलिँदा पनि सरकारी स्तरबाट पहल नलिइएको र सरकारमा सामेल मान्छेहरू उल्टै भ्रष्टाचारमा रमाएको सन्दर्भ उल्लेख गर्दै वक्तव्यमा अगाडि भनिएको छ, ‘चीनको वुहान सहरमा यो रोग देखिएपछि विश्वका तमाम देशहरूसहित नेपालमा पनि रोकथामका लागि पहल गर्न सकिने सम्भावना थियो तर पुँजीवादी व्यवस्था भएका देशहरूको चरम लापरबाही, जनअनुत्तरदायी, अहंकारी, मुनाफावादी प्रवृत्तिका कारण त्यहाँका जनताले ठूलो क्षति बेहोर्नु पर्ने अवस्था पैदा भयो।’
कोरोना सङ्क्रमणले जनता त्रास र अभावमा भएको समयमा पनि सरकारी स्तरबाट भएको भ्रष्टाचारको भन्डाफोर जारी राखिने स्पष्ट पार्दै हासचिव विप्लवले आउने सम्भावित असहज परिस्थितिको सामनाका लागि सचेत रहन पनि पार्टी पंक्तिलाई सचेत गराएका छन् ।

यस्तो छ १६ बुँदे सुझाव ! विज्ञप्तिको पूर्णपाठ…

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।