ताजा अपडेट »

दाङमा लकडाउनको समयमा खाद्यबस्तुको अभाव हुन नदिन घरघरमा आपूर्तिको व्यवस्था

शनिबार, २२ चैत्र २०७६, १५ : २७
10 Shares

दाङ । दाङमा लकडाउनको समयमा खाद्यबस्तुको अभाव हुन नदिन घरघरमा आपुर्तिको ब्यबस्था मिलाइएको छ । यो भन्दा अगाडि घोराहि उपमहानगरपालीकामा उपभोक्ताको लागि खाद्यबस्तु खरिदका लागि दैनिक ३ घण्टा समय छुट्टाइएको थियो । सो समयमा भिडभाड बढि हुने र कोरोना संक्रमनको जोखिम बढेको हुनाले अहिले घरघरमा सामान पु¥याउने ब्यबस्था सहित बजार २४सै घण्टा लकडाउन गरीएको छ ।

लकडाउनको समयमा अत्याबस्यक सामान खरीदका लागि छुट्याइएको दैनिक ३ घण्टाको समय झनै जोखिम पुर्ण भएको भन्दै स्थानिय प्रशासनले २४सै घण्टा लकडाउन लागु गरेको छ । दाङको घोराहि उपमहानगरपालिकाको मुख्य बजारक्षेत्र वडा नं १४ र १५ मा सोमबार राति १२ बजेदेखि लागु हुने गरी पुर्ण लकडाउन गरीएको हो । दाङको स्थानिय प्रशासनले अत्याबस्यक सामग्रि किनमेलको लागि बिहान ६ बजे देखि ९ बजेसम्म दैनिक ३ घण्टा समय दिइएको थियो । त्यसै समयमा खाद्यान्न पसल देखि तरकारी बजारसम्म भिड बढेपछि बिभिन्न किसिमका संघ संस्था, प्रमुख जिल्ला अधिकारी, उद्योग बाँणिज्य संघ लगाएतको उपस्थितिमा छलफल गरेर यस्तो उपाय अपनाउनुपरेको विपद ब्यबस्थापन समितिका संयोजक तथा वडा नं १४ का अध्यक्ष शक्तिराम डाँगिले बताए ।

उद्योग बाँणिज्य संघले खाद्यान्नको लागि ५ वटा गाडि, तरकारीको ५ फलफुलको ५ ,माछा मासुको लागि ३ र ग्याँसको लागि १ वटा गाडि परीचालन गरेर सेवा दिइरहेको उनले बताए । उपभोक्तालाई सामान खरीद गर्न सहज र सजिलोका लागि पैसा नलाग्ने टोल फ्री नं १६६०८२५६५५५ ब्यबस्था गरीएको संयोजक शक्तिराम डाँगिले बताए। लकडाउनको समयमा नगरबासिलाई आबस्यक पर्ने सामान दैनिक खाद्यबस्तु तरकारी र दुधजन्य पद्धार्थ ,फलफुल संगै माछा मासु र अण्डा उपभोक्ताको घरघरमा पु¥याउने ब्यबस्था मिलाइएको छ ।उपभोक्तको घरसम्म खाद्यान्न तरकारी लगाएत सामानहरु आपुर्ति गर्न दाङ जिल्ला उद्योग बाँणिज्य संघलाई जिम्मा दिइएको छ र दाङ जिल्ला उद्योग बाँणिज्य संघले बिभिन्न किसिमका उपसमिति गठन गरेर काम अगाडि बढाएको छ ।

अहिलेको समयमा उपभोक्तालाई चाहिने अतिआबश्यक सामान माग अनुसार घरघरमा पु¥याउने काम गरेको हुदा जनतालाई यो राष्ट्र बचाउने अभियानलाई घर भित्र बसेर सहयोग गर्न पनि दाङ जिल्ला उद्योग बाँणिज्य संघका अध्यक्ष नाराएण भुषालले अनुरोध गरे । यता घोराहि उपमहानगपालिका वडा नं १४ का स्थानिय समाजसेबि नरेन्द्र पुनले उपभोक्ताले चाहेको सामान समयमा नपुग्ने गरेको गुनासो गरे र यसलाई सुधार्दै लैजानुपर्ने पनि उनले अनुरोध गरे। यसैगरी यो सेवा शहरमा मात्र नभएर गाँउघरमा पनि पु¥याउनु पर्ने अति आबश्यक रहेको उँहाले बताउनुभयो किन भने बिभिन्न किसिमका खानेकुरा जम्मा गर्ने बहानामा हुने बिभिन्न किसिमका जमघटले पनि समाजमा जोखिम रहेको पनि समाजसेबि पुनले बताए ।

त्यसै बिचमा औषधि पसल ,पेट्रोलपम्प , बैँक तथा बित्तीय संस्था भने खुला रहने छन । बिश्वब्यापि रुपमा फैलिएको कोरोना भाइरसको जोखिम र यसप्रति सजग र सचेत बन्न स्थानिय प्रशासन ,नागरीक समाज लगाएतले आग्रह गरेका छन । लकडाउनको उल्लङ्घन हुन नदिन चोक चोकमा नेपाल प्रहरी र ससस्त्र प्रहरी परीचालन गरीएको छ भने उल्लङघन गर्नेलाई मुद्धा चलाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

घोराहि उपमहानगरपालीकाका उपभोक्ताले भित्र बसेर सहयोग गरेमा मात्र यो काम सफल हुने छ । उपमहानगरको यो नमुना काम कतिको सबल अनि सक्षम हुन्छ त्यो भने हेर्न बाकि छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।