ताजा अपडेट »

प्रदेश सरकारलाई नेपाल-भारत मैत्री समाजको दुई लाख

शनिबार, २२ चैत्र २०७६, १४ : ०८
36 Shares

बुटवल । नेपाल भारत मैत्री समाज,बुटवल रुपन्देहीले विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाबाट जोगिन र जोगाउनका लागि प्रदेश ५ सरकारले निर्माण गरेको विपद् व्यवस्थान कोषमा दुईलाख रुपैयाँ जम्मा गरेको सो समाजका कोषाध्यक्ष इञ्जिनियर राजेन्द्रसिंह गुरुङले जानकारी दिएका छन् ।
उनका अनुसार सो बराबरको रकम नेपाल राष्ट्रिय वाणिज्य बैकको बुटवल खस्यौली शाखा मार्फत भौचर जम्मा गरिएको र त्यसको निस्सा मुख्यमन्त्रीको निजी सचिवलायबाट आफूहरुले बुझेको समेत कोषाध्यक्ष गुरुले बताए ।

समाजका अध्यक्ष इञ्जिनियर रतन अग्रवालले सो रकम यस प्रदेशमा कोरोना रोकथाम र उपचारका निम्ति आफ्नो समाजले सहयोग गरेको बताउँदै उपयुक्त समयमा र स्थानमा यस रकमको प्रयोग हुनेमा आफुहरु ढुक्क रहेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।