ताजा अपडेट »

सुदूरपश्चिम प्रदेशमा भेटिए ३ कोरोना संक्रमित,नेपालमा ९ संक्रमित

शनिबार, २२ चैत्र २०७६, १३ : ४५
4 Shares

बुटवल । नेपालमा कोरोना संक्रमित थप तीन जना बिरामी फेला परेका छन् । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा भेटिएका यी तीनसँगै हालसम्म नेपालमा ९ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भएका छन् । यस अघि ६ जना संक्रमित रहेका छन् ।

शुक्रबार कास्कीमा भेटिएका भनिएपनि उनको नेगटिभ रिपोर्ट आएको हो । शनिबार कोरोनाको नयाँ तीन जना संक्रमित फेला परेका छन् । ती तीन मध्ये एक जना मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष अर्का भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र अर्की भने कैलालीकी ३४ वर्षीय महिला रहेकी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । उनी नेपालमै रहेर संक्रमित हुने पहिलो संक्रमित भएको पुष्टि भएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको आज १२ औं दिनसम्म नेपालमा ९ जना संक्रमित भेटिएका छन् , जसमध्ये ८ जना विदेशबाट आएका पाइएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।