२० माघ २०७९, शुक्रबार

Feb 3, 2023

काठमाडौ । कोरोना भाइरसको विश्वव्यापी महामारी र त्यसको रोकथामका लागि गरिएको बन्दाबन्दीले नेपालको आर्थिक वृद्धिदर खुम्चिने एसियाली विकास बैङ्क (एडीबी)ले प्रक्षेपण गरेको छ ।

Advertisement

शुक्रबार ‘नेपाल माइक्रोइकोनोमिक अपडेट’ जारी गर्दै एडीबीले चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५.३ मात्र हुने अनुमान गरेको हो । कोरोना सङ्क्रमणले थप असर पु¥याएमा यस्तो वृद्धिदर अझ कम हुने बैङ्कको आकलन छ । पछिल्लो परिस्थितिबाट आर्थिक वर्षको अन्तिम त्रैमासमा आन्तरिक माग घटाउने गरी विपे्रषण घट्ने सम्भावना रहेको पनि एडीबीले जनाएको छ । यस्तो परिस्थितिमा औद्योगिक र सेवा क्षेत्रले आपूर्तिमा अवरोधको सामना गर्नुपर्ने एडीबीका देशीय निर्देशक मुख्तोर खामुद्खानोभले बताए । धानको उत्पादन कम हुँदा पनि आर्थिक वृद्धि कम हुनसक्ने उनको भनाइ छ ।

एडीबीको नयाँ तथ्याङ्कअनुुसार नेपालको मुद्रास्फीति अघिल्लो आवको ४.६ प्रतिशतबाट बढेर औसत ६ प्रतिशत पुग्ने उल्लेख छ । महामारीका कारण उत्पादन र आपूर्ति शृङ्खलामा आउने अवरोधका कारण मुद्रास्फीति बढ्ने एडीबीले जनाएको छ । कोभिड–१९ का कारण अस्थायी रूपमा गरिएको सीमा बन्दले खाद्यान्नको मूल्य बढाएको छ । प्रतिवेदन अनुसार कोभिड–१९ को महामारीका कारण अवस्था थप चालू आवमा मुद्रास्फीति अहिले अनुमान गरिएभन्दा अझ बढी हुनसक्ने उल्लेख छ ।
एडीबीका अनुसार चालू आवको सात महिनामा वस्तु व्यापार घाटा अघिल्लो वर्षको १५ प्रतिशतको विस्तारको तुलनामा ४.९ प्रतिशतले घटेको छ । खासगरी भारतमा पाम तेल र अलैँचीको निर्यातसाथ भएको उच्च निर्यात वृद्धि र निर्माण सामग्री, सवारीसाधन तथा पेट्रोलियम पदार्थको घट्दो आयातले गर्दा व्यापार घाटामा सङ्कुचन आएको छ ।

सुधारिएको व्यापार सन्तुलनले माघको अन्त्यसम्म चालू खाता घाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा एक अर्ब ५० करोड डलरबाट एक अर्ब डलरमा राख्न सहयोग गरेको छ । पेट्रोलियम पदार्थ, पुँजीगत तथा उपभोग्य वस्तुको आयातमा कमी आउँदा यो घाटा गत आवको कुल गार्हस्थ उत्पादनको ७.७ प्रतिशबाट ५.४ प्रतिशतमा खुम्चिने अनुमान छ । कोभिड–१९ चाँडै समाप्त हुने, कोभिडपछिका आर्थिक गतिविधि सुचारु हुने र मनसुन सामान्य रहने अनुमानका आधारमा एडीबीले आव आगामी आर्थिक वर्षको वृद्धिदर भने ६.४ प्रतिशत रहने प्रक्षेपण गरेको छ । आगामी आवमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पूरा हुने र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आउने एडीबीको अपेक्षा छ ।

प्रदेश र स्थानीय तहमा हुने उच्च खर्चले पनि आर्थिक वृद्धिलाई थप बल प्रदान गर्ने प्रतिवेदनमा उल्लेख छ । आर्थिक गतिविधि आगामीमा आवमा सामान्य बन्ने अनुमानका आधारमा मुद्रास्फीति औसत ५.५ प्रतिशत रहने एडीबीको अनुमान छ ।
आव २०७७/७८ (सन् २०२१)का सम्भाव्य जोखिममा कोभिड–१९ को महामारी निरन्तर नै रहेको अवस्थामा त्यसले अर्थतन्त्रलाई निकै नकारात्मक असर पार्नसक्ने सम्भावना रहेको एडीबीले जनाएको छ । असामान्य मनसुन र बाढी पहिरोजस्ता प्राकृतिक जोखिमले कृषिउपजमा कमी ल्याउनुका साथै पूर्वाधारमा क्षति पु¥याउन सक्ने आकलन पनि एडीबीको छ । प्रदेश र स्थानीय तहमा आयोजना र कार्यक्रमको कार्यान्वयन क्षमताको कमी विद्यमान रहँदा त्यसले तिनीहरूको खर्च कमजोर बनाउँछ ।

कोभिड–१९ को महामारीले विश्वव्यापी मागमा कमी ल्याउने छ र त्यसले वैदेशिक रोजगारीका लागि बाह्य आप्रवासनमा असर र नेपालको बाह्य क्षेत्रको स्थायित्वमा दबाब पार्ने पनि एडीबीले जनाएको छ ।- गोरखापत्र

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा हुने राम कथा ३ दिन पछि सर्यो : माघ २४ देखि प्रवचन, २१ गतेदेखि नै भण्डारा विरगाथाका सदस्यलाई सहकारी शिक्षा शहकारी सञ्चालकको मनपरीले बचतकर्ताको रकम जोखिममा वाट्सएपमा ‘नेपाली केटी’ एपको प्रयोग गरी लाखौ रकम ठगी गर्ने ८ जना पक्राउ माधव नेपाललाई भेट्न नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा देशको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ : प्रधानमन्त्री लुम्बिनीबाट कुशिनगरसम्म बौद्धपरिपथ साईकल यात्रा शुरु बढ्दैछन् लागूऔषध दुर्व्यसनी शनिबार रुपन्देहीको तिलोत्तमामा रोटरीका सदस्य बीच ब्याडमिन्टन नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै काट्न सकिने शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री श्रममन्त्री अर्याल र मलेसियाका गृहमन्त्री नासुसनबीच भेटवार्ता गण्डकी प्रदेशसभाबाट दुईवटा अध्यादेश पारित पठान सफल हुँदा आमिर खान विस्थापित ! बैंकको चर्को ब्याजले बिस्थापित हुने अवस्थामा पुगेको ईट्टा व्यवसायीको चिन्ता कपिलवस्तुमा २१ लाखसहित तीन जना पक्राउ गाडी चलाउँदा चलाउँदै घनश्याम भुसाल बेहोस, सिभिल अस्पतालमा भर्ना सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वाेच्चको आदेश हेमन्त कान्छाको पिरतीमा विजय, निशा र चाहना सन्दिप लामिछानेलाई राष्ट्रिय टिममा राखेको विरोधमा सामाजिक सञ्जालमा