Jan 27, 2023
बुटवल । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५३ हजार पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै अलजजिराले जनाएअनुसार विश्वभर १० लाख २६ हजार संक्रमित छन्। उता, स्पेनमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने ९३२ जना थपिएका छन्।
यससँगै त्यहाँ शुक्रबार दिउँसोसम्ममा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ९ सय ३५ पुगेको छ। यो कोरोना संक्रमणबाट सर्वाधिक ज्यान गुमाउने देशको सूचीमा दोस्रोमा पर्छ। पहिलो नम्बरमा इटाली छ भने तेस्रोमा अमेरिका । इटालीमा १३ हजार ९ सय १५ जनाले ज्यान गुमाइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
प्रतिकृया दिनुहोस्