ताजा अपडेट »

भ्रष्ट ‘समाजसेवी’

शुक्रबार, २१ चैत्र २०७६, २३ : ०९
12 Shares

सबैलाई बुझाएकै छु, तर पनि अस्पष्ट छु ।
म भ्रष्ट छु, प्रष्ट छु त्यसमाथि पनि म ध्वस्त छु ।
संसारलाई टुक्राउने म स्वयम् भने आफ्नालाई जुटन सिकाएको छु ।
भ्रम सिर्जना गर्दै, समस्या थप्दै समाधान देखाएको छु ।

किनकी म भ्रष्ट छु,तर पनि लोकलाई देखाउँदै, बुझाउँदै
अनि सिकाउँदै हिडेको छु, अघि बढेको छु, पढाएको छु, रटाएको छु ।
भ्रष्टाचार अपराध हो, भ्रष्ट पापी हो, उ कूकर्मि हो, अधर्मी हो ।
अनेक अनेक कथा बुनेकै हो, सजाएकै हो,
कथामा सबैलाई समेट्दै, ढ्यांग्रो फुक्दै सुनाएकै हो ।

हो म भ्रष्ट हो, स्पष्ट छ म अयोग्य हो,
त्यसैले त म एक राजनीतिज्ञ हो ।
सबैको नजरमा एक समाजसेवी हो
लोकलाई अत्यावश्यक वरिष्ठ समाजसेवी हो ।।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।