ताजा अपडेट »

तिलोत्तमाको राहत कोषमा एक करोड बढी संकलन

शुक्रबार, २१ चैत्र २०७६, २२ : ४७
4 Shares

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा उपचार राहत कोषमा १ करोड बढी आर्थिक संकलन भएको छ । राहत कोषमा आर्थिक संकलन गर्ने क्रम जारी छ । विभिन्न सामाजिक संघसंस्था, उद्योगी व्यवसायी, समाजसेवीहरुबाट दैनिक रुपमा कोषका लागि आर्थिक सहयोग भैरहेको छ ।

तिलोत्तमा व्यापार संघले आफु मातहत र अन्य सबै क्षेत्रका व्यवसायी र व्यक्तिलाई कोरोना रोकथाम तथा उपचार राहत कोषमा आर्थिक सहयोग गर्न आह्वान गरेको छ । संघका अध्यक्ष जेपी कंडेलको अगुवाइमा शुक्रबार कोषमा रकम जम्मा गरिएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का ग्रिसमणी दिक्षीतले कोषका लागि नगरपालिकाका प्रमुख वासुदेव घिमिरेलाई नगद ५१ हजार प्रदान गरेका छन् । ग्रिसमणी दिक्षीतले आफ्नो भवनमा व्यवसाय गर्ने साना ठूला व्यवसायीका लागि सटरभाडाबाट उठ्ने ८ लाख मिनाहा गरेका छन् । तिलोत्तमा वडा नम्बर ५ का शोभाखर तिमिल्सेलाने राहत कोषका लागि १० हजार १ सय ५० सहयोग गरेका छन् भने सटरभाडाबाट उठ्ने ६५ हजार भाडा पनि मिनाह गरेका छन् । प्रेम लाम्गादेले राहत कोषका लागि नगर प्रमुखलाई ५ हजार प्रदान गरेका छन् । त्यस्तै तिलोत्तमा ८ का गंगाधर रिजालले पनि कोरोना रोकथाम तथा उपचार कोषमा ५१ हजार सहयोग गरेका छन् ।

तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेलले कोरोना भाइरस महाकारीको निराकरणका लागि संघले आर्थिक भौतिक सहयोगका लागि सबैसँग आग्रह गरेको बताए । उनले देशभर लकडाउन भएको अवस्थामा सबै व्यवसायीको व्यवसायहरु बन्द अवस्थामा रहेकाले घरधनीहरुलाई सटर भाडा मिनाह गर्न आग्रह गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।