१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

फाइल तस्विर

बुटवल । विश्वब्यापी महामारीको रुपमा फैलिईरहेको नोवेल कोरोना भाईरस अर्थात कोभिड-१९ को संक्रमण रोक्न मुलुक लकडाउनमा रहेको र यसबाट आम जनतामा प्रत्यक्ष प्रभाव पर्न गएको भन्दै १ महिनाको घरभाडा छुट दिन सरकारले गरेको अनुरोधको घरबहाल महासंघ प्रदेश पाँचले स्वागत गरेको छ ।

बिषम परिस्थितीमा आम ब्यबसायी र उपभोक्तालाई राहत पुगोस भन्ने उद्देश्यका साथ सरकारले चैत महिनाको घरभाडा नलिन घरधनिहरूलाई अनुरोध गरेकोमा घरबहाल सरोकार महासंघ नेपाल, पाँच नम्बर प्रदेश कमिटिले स्वागत गरेकोे हो । सरकारले घोषणा गरेको लकडाउनका कारण खासगरि बहालमा संचालन गरिएका उद्योग तथा ब्यवसाय र बहालमा बसोबास गर्ने मजदुरहरुमा प्रत्यक्ष असर परेकोले घरबहालमा छुटदिनुपर्ने भन्दै उद्योगी ब्यबसायीहरुले सरकारसँग माग गरेका थिए ।

महासंघका उपाध्यक्ष एवं प्रदेश नम्बर पाँचका संयोजक हरि रेग्मी र केन्द्रिय सचिव राजु लिगलले एक प्रेस विज्ञप्ति प्रकाशित गरि मुलुकको विषम परिस्थितिलाई मध्येनजर गरि सरकारले गरको सो निर्णयको स्वागत गरिएको जनाएका छन् । महासंघले यसअघि घरभाडामा ५० प्रतिशत छुट दिन माग गरेकोमा लकडाउनको समयावधि लम्बिएसँगै सरकारले एक महिनाको घरभाडा नलिन घरधनिहरूलाई गरेकोे अनुरोध अत्यन्तै स्वागतयोग्य रहेको भन्दै सो निर्णय कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । बिज्ञप्तीमा भनिएको छ-हालको बिषम परिस्थितीलाई मध्येनजर गर्दै सरकारले गरेको घरबहाल मिनाहाको लागि अनुरोध र बहाल छुटको बिषय राज्यको समेत सरोकारको विषय बनेकोमा त्यो निर्णयको हार्दिक सम्मान तथा स्वागत गरिन्छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड