ताजा अपडेट »

शान्ति समाजद्वारा विपन्नलाई राहत

शुक्रबार, २१ चैत्र २०७६, २१ : ४९
4 Shares

बुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाको आयोजना तथा वुटवल–११ स्थित हात्तिसुँड सुकुम्बासी टोल बिकास संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार मनोज कार्कीको सम्योजनमा सोही स्थानका स्थानीय बासिन्दालाई राहत सामग्री वितरण गरिएको छ । समाजले विश्वव्यापी रुपमा फैलिएको कोरोना –कोभिड–१९ संक्रमण रोकथाम र नियनत्रणका लागि सरकारले गरेको लकडाउनमा राहत प्रदान गरिएको समाजले जानकारी गराएको छ ।

समाजको पहलमा विपन्न परिवारलाई चामल, तेल, नुन, आलु, सोयाविन, साबुन, चाउचाउ, मास्कसहित ५० हजार मूल्यको राहत सामग्री सहयोग कार्यक्रममा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापति गोविन्द खनाल, सचिव अर्जुन ज्ञवाली, सह सचिव कपिल ज्ञवाली, सदस्य कृष्ण पाण्डे, बुद्ध टेलिभिजन बुटवलका कार्यकारी निर्देशक बिक्रम खड्का ,हात्तिसुँड सुकुम्बासी टोल बिकास संस्थाका अध्यक्ष भिम सेन श्रेष्ठ लगाएतको सहभागितामा७० घर–परिवारलाई राहत सामग्री प्रदान गरिएको समाजको रुपन्देही शाखा सभापति डि.पी. खनालले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।