ताजा अपडेट »

तिनाउमा प्रदेश सभा सदस्य घर्तिको सुझाव

शुक्रबार, २१ चैत्र २०७६, २० : ५४
4 Shares
             

बुटवल । तिनाउ गाउँपालिकाका जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरुसँग कोरोनाको सम्भावित संक्रमणलाई रोकथाम गर्नका लागि त्यसै क्षेत्रका प्रदेश सभा सदस्य वसन्त घर्तिमगरले शुक्रवार आवश्यक छलफलपछि उनीहरुलाई थप सुझाव दिएका छन् ।

गाउँपालिकाले कोरोना नियन्त्रणका लागि सो सम्बन्धि आवश्यक सूचना प्रवाहित गरेको,स्थानीयहरुलाई प्रचार सामग्री वितरण गरेको,दोभान माविमा १० शैयाको अस्थायी क्वारेन्टाइन सेन्टर खोलिएको,स्वास्थ्यकर्मीहरुलाई खटाईएको,स्थानीय राजनीतिक पार्टीहरुसँग छलफल गरिएको र वडाहरुमा आवश्यक राहत प्याकेज वितरण समेत सुरु गरिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तिमगरले माननीय वसन्त घर्तिमगरलाई अवगत गराएका थिए ।


साथै आजै कार्यपालिकाको बैठक बसी कोरोनाबाट सुरक्षित हुन आवश्यक पीपीई,पञ्जा,सेनेटाइजर,मास्क लगायतका सामानहरु खरिद गर्ने निर्णय गरेको पालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताए । उनले सरकारले तोकेको अवधिभरि लकडाउनमा रहन रस्वास्थ्य सम्बन्धी समस्या आएमा तत्कालै स्वास्थ्य संस्थामा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।