ताजा अपडेट »

बुटवल ब्याडमिन्टन क्लबका खेलाडीद्धारा प्रकोप व्यवस्थापन कोषमा २ लाख भन्दा बढी सहयोग

शुक्रबार, २१ चैत्र २०७६, २० : १९
6 Shares


बुटवल । खेलकुदसँगै सामाजिक काममा पनि अग्रसरता जनाइरहेको बुटवल ब्याडमिन्टन क्लबका केहि खेलाडी तथा पदाधिकारीहरुले प्रकोप व्य्यवस्थापन कोष बुटवल उपमहानगरपालीकालाई दुइ लाख १७ हजार ८ सय एकहत्तर रुपैयाँ हस्तान्तरण गरेको छ ।

बुटवल ब्याडमिन्टन कर्बडहल माझगाउँमा शुक्रबार सम्पन्न एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालीकाका प्रमुख शिबराज सुवेदी, वडा नम्बर ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीलाइ हस्तान्तरण गरिएको क्लबका सचिव शम्भु भटराइले जानकारी दिए । क्लबमा आबद्ध भएका एकसय खेलाडीमध्ये ६० जनाले संयुक्त रुपमा रकम उठाएर प्रकोप व्यवस्थापन कोष बुटवललाइ हस्तान्तरण गरेका हुन । क्लबका सदस्यहरुले कोभिड १९ फाउन्ड बनाएर रकम संकलन गरेका थिए ।
अहिले नेपालमा कोरोनाको सम्भाबीत जोखीमबाट बच्न भन्दै सरकारले गरेको लकडाउनका कारण बिभिन्न स्थानीय तहरुले बिपन्न वर्गहरुलाइ राहत बितरण गर्न भन्दै प्रकोप व्यवस्थापन कोष खडा गरेका छन ।

कार्यक्रममा नगरप्रमुख शिबराज सुवेदीले खेलकुदको बिकाससँगै सामाजिक काममा पनी मन खुलाएर अग्रसरता जनाएकोमा क्लबका खेलाडीहरुलाई धन्यवाद दिएका थिए । यस्तो बिषम परिस्थितीमा पनी युवाहरु एकजुट भएर लाखौ रुपैया संकलन गरी सामाजिक उत्तरदायित्व बोध गरेको भन्दै सबैले आ आफ्नो क्षेत्रबाट सकारात्मक भुमिका खेल्नुपर्नेमा जोड दिए । कार्यक्रममा बुटवल उपमहानगरपालीका वडा नं ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले संस्थागत रुपमा वडामा ठुलो सहयोग आएको बताए ।

बुटवल ब्याडमिन्टन क्लबका अध्यक्ष रमेश बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा, सचिब शभ्भु भटराइ, दितिय उपाध्यक्ष पंकज ज्ञवाली, कोषाध्यक्ष दलबहादुर खत्री, राजेन्द्र ढकाल, सुरज खत्रि, भानु खत्रि, नारायण प्रसाद घिमिरे, अर्जुन कार्की, शेरबहादुर भण्डारी, आयुषजग कार्की ,पत्रकार दिपक न्यौपाने लगायतको उपस्थिती रहेको थियो । बिस २०६० सालबाट शुरु भएको ब्याडमिन्टन क्लबमा रहेका खेलाडीहरुले यसअघि पनी बिभिन्न सामाजिक काममा सहयोेगको क्रमलाइ निरन्तरता दिइरहेका छन ।

रुपन्देहीमा सन्चालनमा आएका बिभिन्न ब्याडमिन्टन क्लबहरुमध्ये बुटवल ब्याडमिन्टन क्लब उत्कृष्ट क्लबका रुपमा समेत चिनिदै आएको छ । क्लबका अध्यक्ष रमेश थापाले सहयोगीमनहरुलाइ धन्यबाद ब्यक्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।