ताजा अपडेट »

लुम्बिनी समाजद्वारा विपन्न घरपरिवारलाई खाद्यान्न वितरण

शुक्रबार, २१ चैत्र २०७६, १९ : ५८
4 Shares

बुटवल । लुम्बिनी समाजले विपन्न तथा निम्न आय भएका घर परिवारलाई खाद्यान्न वितरण गरेको छ । समाजका अध्यक्ष मनोरम सेरचन ,गणेश गौतम र निलेश अधिकारीको आर्थिक सहयोगमा तित्तोतमा नगरपालिका वडा नं. १ का ४१ घर परिवारलाई चामल, दाल, नुन लगायत अन्य दैनिक उपभोग्य साम्रगी वितरण गरेको हो ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ लाई नियन्त्रण गर्नका लागि सरकारले लकडाउन गरेसँगै दैनिक ज्याला मजदुरी गरेर खाने विपन्न परिवारलाई बिहान साँझ खान समस्या भएकाले खाद्यन्य वितरण गरेको समाजका अध्यक्ष मनोरम सेरचनले बताए । साथै अन्य विपन्न तथा निम्म आय भएका घरपरिवारलाई पनि आफू सक्दो सहयोग गर्ने पनि बताए । विपद्को समयमा आफूहरुलाई सहयोग गरेको भन्दै लुम्बिनी समाजलाई उनीहरुले धन्यवाद दिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।