ताजा अपडेट »

गण्डकी विकास बैंकद्वारा प्रदेशको कोरोना संक्रमण रोकथाम कोषमा ४ लाख सहयोग

शुक्रबार, २१ चैत्र २०७६, १९ : २४
4 Shares


बुटवल । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा प्रभावितहरुलाई राहत प्रदान गर्न प्रदेश ५ सरकारले स्थापना गरेको राहत कोषमा गण्डकी विकास बैंक लिमिटेडले ४ लाख सहयोग गरेको छ ।

बैंकका प्रदेश कार्यालयका प्रदेश प्रमुख मिलन कुमार पुनले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको कार्यकक्षमै पुगी उक्त रकम बराबरको चेक आज हस्तान्तरण गरेका हुन् । सो अबसरमा मुख्यमन्त्री पोखरेलले महामारीको यो समयमा बैंकले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गरेका छन् । पोखरामा केन्द्रीय कार्यलय रहेको बैंकले गण्डकी प्रदेशको कोरोना राहत कोषमा ६ लाख रुपैयाँ र अन्य ६ वटा प्रदेशमा ४ लाखका दरले गरि जम्मा ३० लाख रुपैयाँ प्रदान गरेको जानकारी दिएको छ । गण्डकी बिकास बैंकका हाल देशभरमा ९५ शाखा सञ्जाल, २७ एटिएम मेसिन रहेका छ्न भने प्रदेश ५ मा मात्र २० वटा साखा सञ्जाल रहेको बैंकका प्रदेश प्रमुख पुनले जानकारी दिए।

महामारीको सामनाका लागि हरेक उद्यमी, व्यवसायी, पेशाकर्मी, संघसंस्था तथा सम्पूर्ण नागरिकको सहकार्य आवश्यक भएकोले बैंकको तर्फवाट हुनसक्ने सहयोगका लागि बैंकले निरन्तर भूमिका खेल्ने जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमवहादुर थापाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।