ताजा अपडेट »

यी हुन् कोरोनाबाट धेरै मृत्यु हुने १० देश

शुक्रबार, २१ चैत्र २०७६, ०७ : ५३
8 Shares

बुटवल । विश्वभर महामारीका रुपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या ५२ हजार नाघेको छ । संक्रमितको संख्या १० लाख नाघिसकेको छ। यो


विश्व स्वास्थ्य संगठनका अनुसार सबैभन्दा बढी इटालीमा १३ हजार ९ सय १५ ले ज्यान गुमाइसकेका छन्। दोस्रोमा स्पेनमा १० हजार ३ सय ४८ जनाले ज्यान गुमाइसकेका छन् भने त्यसपछि यो महामारीले अमेरिकामा ५ हजार ९ सय २ ६ जनाको मृत्यु भइसकेको छ। त्यसपछि धेरै मृत्यु हुने देशमा फ्रान्स छ, जहाँ ५ हजार ३ सय ९८ जनाको मृत्यु भइसकेको छ। चीनमा ३ हजार ३ सय २२, इरानमा ३ हजार १ सय ६०, युके (बेलायत) मा २ हजार ९ सय २६, जर्मनीमा १ हजार १ सय ७, नेदरल्यान्डमा १ हजार ३ सय ३९ र बेल्जियममा १ हजार ११ जनाको ज्यान गइसकेको छ।


देश                   मृतक संख्या

इटाली                १३ हजार ९ सय १५
स्पेन                   १० हजार ३ सय ४८
अमेरिका             ५ हजार ९ सय २६
चीन                   ३ हजार ३ सय २२
इरान                 ३ हजार १ सय ६०
युके                   २ हजार ९ सय २६
जर्मनी                १ हजार १ सय ७
नेदरल्यान्ड          १ हजार ३ सय ३९
बेल्जियम            १ हजार ११

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।