ताजा अपडेट »

सेभ द चिल्ड्रेनद्वारा कोरोना विशेष अस्पताललाई स्वास्थ्य उपकरण सहयोग

विहीबार, २० चैत्र २०७६, २२ : २२
4 Shares

भैरहवा । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको उपचारमा सहयोगका लागि लुम्बिनी प्रादेशिक अस्पताललाई सेभ द चिल्ड्रेनले स्वास्थ्य सामाग्री सहयोग गरेको छ। लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल अन्तर्गत स्थापना भएको कोभिड-१९ अस्थायी उपचार अस्पतालमा आवस्यक महत्वपूर्ण स्वास्थ्य उपकरणहरु प्रदान गरिएको संस्थाले जानकारी दिएको छ ।

उपचारका लागि आउने कोरोना संक्रमित तथा शंकास्पद विरामीको उपचार तथा व्यवस्थापनमा सहज होस भनि संस्थाले विहीबार सक्सन मेशिन दुई थान, ईसिजी मेशिन एक थान र कार्डियक मोनिटर २ थान हस्तान्तरण गरेको हो । सेभ द चिल्ड्रेन बुटवलका बरिष्ठ कार्यक्रम व्यवस्थापक मिमबहादुर सिंहले ६ लाख मूल्य बराबरको स्वास्थ्य उपकरणहरु लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र प्रसाद खनाल लाई हस्तान्तरण गरेका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।