May 20, 2022
दाङमा । दाङमा आगलागी हुँदा ३ घर खरानी भएका छन् । दाङ्गको गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुुरमा बिहीवार दिउसो करिब पौने ४ बजे आगलागी हुँदा ३ घर, २ गोठ, एक पसल र २ भान्साघर पुुर्णरुपमा जलेर खरानी भएका छन् ।
स्थानीय बिष्णुु रानाको घर तथा भान्साघर, भक्त बहादुुर सुुनारको गोठ, कृष्ण बहादुुर सुुनारको पसल र घर तथा ऋषि रानाको घर, गोठ र भान्साघर नष्ट भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । आगलागिबाट घरमा रहेका लत्ता कपडा, खाद्यान्न, काठपात तथा फर्निचर र महत्वपुुर्ण कागजातहरु सबै जलेको अग्नीपिडीतहरुले दुखेसो पोखे । आगोलाई गढवा गाउँपालिकाको र लमही नगरपालिकाको दम्कल सँगै प्रहरी तथा स्थानीयले नियन्त्रणमा लिएका हुन् ।
स्थानीय भक्त बहादुुर सुुनारको गोठ नजिकै रहेको बिद्युुत्तको ट्रान्सफार्मर फ्युुज हुँदा निस्किएको झिल्काले आगलागि भएको स्थानीयहरुले बताए । आगलागीबाट क्षतीको बिवर्ण भने एक्किन हुन सकेको छैन । प्रहरीले मुचुल्का तयार गरेर मात्र सार्बजनिक गर्ने गाउँपालिकाका बिपद् ब्यवस्थापन समितिका संयोजक प्रकाश भण्डारीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्