ताजा अपडेट »

थापाको शव छिटो उठाउने वातावरण सिर्जना गर: साझा पार्टी

विहीबार, २० चैत्र २०७६, १८ : ३१
4 Shares

बुटवल । साझा पार्टीले बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा मृत्यु भएका बाबुराम थापाको शब छिटो भन्दा छिटो उठाउने वातावरण सिर्जना गर्नका लागि माग गरेको छ ।

साझा पार्टी रुपन्देहीका संयोजक गणेश पन्थीले आज एक प्रेस विज्ञप्ती जारी गर्दै मृतकको शब छिटो भन्दा छिटो उठाउने वातावरण सृजना गर्न लुम्बिनी प्रादेशिक अस्पताल, मुख्यमन्त्री कार्यालय प्रदेश ५ का साथै सम्बन्धित सबै निकाय प्रति ध्यानाकर्षण समेत गराएको छ । शव नबुझेको भन्ने यस्तो खबरले आम जनमानसमा अस्पताल र जिम्मेवार निकाय प्रती बिश्वास घटेको साझा पार्टीको ठहर रहेको छ । गत चैत १३ गते बुटवल धागो कारखानामा रहेको कोरोना बिशेष अस्पतालमा क्वारेन्टाईन बसेका ३४ बर्षीय थापाको १६ गते निधन भएको थियो।

यस्तो छ साझा पार्टीले जारी गरेको प्रेस बिज्ञप्ती।

विषय : ध्यानाकर्षण सम्बन्धमा
देशमा कोरोना भाइरस संक्रमण बाट आफुपनी बचौ र अरुलाई पनि बचाउ भन्दै मानिसहरु भलै एक छाक खाएका छन् तर सरकारले गरेको लकडाउनको निर्देशन पालना गरेका छन् ।

रुपन्देही सैनामैना ४ का बाबू थापा बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोनाको लागि स्थापित धागो कारखानाको अस्पतालमा मृत्यु हुनु, मृतकलाई सहि समयमा सहि उपचार नगरी अस्पतालले लापरबाही गर्नु,मृत्युु भएको केहिदिनपछी कोरोना संक्रमण रिपोर्ट नेगेटिभ आउनु, जब रिपोर्ट नेगेटिभ आएपछी सम्बन्धित डाक्टर नै आफु आश्चर्य चकित रहेको अभिव्यक्ति दिनु र मृतकको परिवारले लास नबुझेको भन्ने यस्तो खबरले आम जनमानसमा अस्पताल र जिम्मेवार निकाय प्रती बिश्वास घटेको छ।

अब यस्तो अवस्थामा कसैलाई ज्वरो ,रुघाखोकी लाग्यो अथवा कोरोना संक्रमणको संका लाग्यो भने पनि बिरामी अस्पताल गएर आफुलाई लागेको रोग नदेखाउने अवस्थाको शृजना भएको छ। यदि यस्तो हो भने स्थिति कल्पना भन्दा पनि बाहिर जाने संभावना देखिन्छ अस्पतालले कोरोना भाइरस शंका लागेका बिरामिलाई अझ बढी रेखदेख र कोरोना भाइरस बाहेकको उपचारलाई निरन्तरता दिनुपर्नेमा स्वास्थकर्मिहरु नै तर्कने किसिमको व्यबहार गैर मानबिय ब्यबहार हो।

यस्तो कार्य गर्ने अस्पताल र निकाय प्रती साझा पार्टी, रुपन्देही खेद प्रकट गर्दछ। मृतक बाबु थापाको परिवारलाई आवश्यक क्षतिपूर्ति सहित मृतकको शब छिटो भन्दा छिटो उठाउने वातावरण शृजना गर्नु गराउनु हुन लुम्बिनी प्रादेशिक अस्पताल, मुख्यमन्त्री कार्यालय प्रदेश ५ ,साथै सम्बन्धित सबै निकाय प्रति ध्यानाकर्षण गराउंदछौ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।