ताजा अपडेट »

तिनाउ -२ द्वारा निमुखाहरुलाई राहत प्याकेज वितरण

विहीबार, २० चैत्र २०७६, १७ : ४१
4 Shares

बुटवल । तिनाउ गाउँपालिका वडा नं. २ का अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षतामा वडा समन्वय समितिको बैठक बसी बिहिवार स्थानीय ज्याला-मज्दूरी गरी खाने निमुखाहरुलाई राहत प्याकेज वितरण गरिएको छ । गाउँपालिकाका प्रवक्ता एवम् वडा नं.२ का वडाध्यक्ष समेत रहेका राजेश श्रेष्ठले निमुखा,असाहय र भूमिहीन ५२ घरपरिवारलाई चामल, दाल, तेल, नून र साबुन उपलब्ध गराइएको बताए ।

सो वितरणका लागि वडामा रहेका टोलविकास समितिले सिफारिस तथा निर्णय गरेका थिए ।
साथै उनले सरकारले तोकेको अवधिभरि लकडाउनमा रहन रस्वास्थ्य सम्बन्धी समस्या आएमा तत्कालै स्वास्थ्य संस्थामा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।