ताजा अपडेट »

नेपालमा थप एक जनालाई कोरोना, संक्रमितको संख्या ६ पुग्यो

विहीबार, २० चैत्र २०७६, १६ : ४८
6 Shares

काठमाडौं । नेपालमा अर्को नयाँ व्यक्तिमा कोरोना भाइरसको संक्रमण फेला परेका छन् ।

कतारको राजधानी दोहाबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस अघि नेपालमा ५ जनामा कोरोनाको संक्रमण देखिएको थियो । एक जना उपचार पछि घर फर्केका छन् भने ४ जना उपचाररत रहेका छन् । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस हालसम्म २०२ देशमा फैलिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।