ताजा अपडेट »

दाङमा भाइको कुटपिटबाट दाइको मृत्यु

विहीबार, २० चैत्र २०७६, १५ : १२
4 Shares

दाङ । दाङमा आफ्नै भाइले दाइलाई कुटपिट गर्दा मृत्यु भएको छ । राजपुर गाउँपालिका-१ रसरीखोलाका २३ वर्षीय भाइ जसराम कामीले आफ्नै ३२ वर्षीय दाइ प्रेम कामीलाई बुधबार राति १० बजे घरायसी विवादले लौरोले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

विहीवार बिहान ६ बजे घाइते कामीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । घाइतेको श्वासनली, पछाडि गर्दनमा गम्भीर चोट रहेको छ । शवलाई लमही अस्पतालमा राखिएको छ । भाइको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।