७ जेष्ठ २०७९, शनिबार

May 21, 2022

काठमाडौ । भारतको महराष्ट्रमा तीन दिनको शिशुमा कोरोना भाइरस पोजेटिभ भएको पुष्टि भएको छ। शिशुसँगै २६ वर्षीया आमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।शिशुको जन्म मार्च २६ (चैत्र १३ गते) तारिखमा मुम्बईको चेम्बर अस्पतालमा भएको थियो।

अस्पतालको लापरवाहीका कारण आमा र शिशुमा कोरोना भाइरस संक्रमण  देखिएको शिशुको परिवारको आरोप छ। परिवारका अनुसार आमा र नवजात शिशु राखिएको बेडमा पहिला कोरोना संक्रमित राखिएको थियो। त्यही बेडमा आमा र शिशु राख्दा संक्रमण देखिएको हो।आमा र शिशुलाई पहिले स्थानीय कुर्ला भाभा अस्पताल र त्यसपछि कस्तुरबा अस्पताल रिफर गरिएको छ। कस्तुबा अस्पताल मुम्बईको कोरोना भाइरस उपचार केन्द्र बनाइएको छ। विज्ञका अनुसार शिशु जन्मिदा अस्पतालमा कोही संक्रमित भएको हुँदा यिनीहरुमा कोरोना संक्रमण भएको हुनसक्छ।  

हाल चेम्बर अस्पताल बन्द गरिएको छ। त्यहाँ सरसफाई चलिरहेको बताइएको छ। नवजात शिशुका बावु एक रेष्टुरेन्टमा म्यानेजरको रुपमा काम गर्छन्। उनलाई कस्तुरबा अस्पतालको क्वारेन्टाइनमा राखिएको छ । जहाँ १२० जना बिरामीको उपचार भइरहेको छ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

भलवारी जेसीजद्वारा मुस्ताङको जन-नर्मल माध्यमिक विद्यालयलाई आर्थिक सहयोग पश्चिम नवलपरासीको बर्दघाटमा बस दुर्घटना, ३१ जना घाईते स्थापितलाई उछिनेर सिर्जना दोस्रो स्थानमा, बालेन अग्रस्थानमा नै ८ वर्ष अघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ जिल्ला समन्वय समिति गठनका लागि अर्घाखाँचीमा एमालेकाे स्पष्ट बहुमत रुपन्देहीको भैरहवाबाटै श्रम स्विकृति दिने तयारी काठमाडौंमा ५१ प्रतिशत मतगणना गर्न बाँकी, बालेनको निरन्तर अग्रता बुटवलको प्रमुखमा गठबन्धनबाट पाण्डे, उपप्रमुखमा एमालेकी अर्याल मनास्लु हिमालको वेसक्याम्पमा सेनाद्वारा सफाई अभियान शुरु, ४ हजार किलो बढी फोहर संकलन पदबहालीसँगै जनतालाई राहत भन्दै विद्युत महसुलमा छुट बालेन शाहले कटाए ३४ हजार मत, स्थापितसँगको मतान्तर १५ हजार बढी अमेरिकाको शिकागोमा बन्दुक हमला, कम्तीमा २ जनाको मृत्यु बलात्कारीलाई तत्काल कारबाही गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन हेटौंडा उपमहानगरपालिका : एमाले ९, कांग्रेस ८, एस र माओवादी एक/एक वडामा विजयी डोटी बस दुर्घटना : १२ जना घाइते, ५ को अवस्था गम्भीर, बालक बेपत्ता उपमहानगरको पहिलो महिला मेयरमा इतिहास रचेकी लामा विद्यार्थीलाई यौन दुब्र्यवहार गर्ने गुल्मीका २ शिक्षक पक्राउ भरतपुरमा रेनु फराकिलो अग्रतातर्फ, पौडेलले कटाए १० हजार मत मधेसमा ओली ‘मिसन’ सफल-पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै एमाले निर्वाचनमा फूलमाला बिक्री बढ्यो