ताजा अपडेट »

कोरोना संक्रमणबाट हामी नेपाली किन सुरक्षित छौं ?

विहीबार, २० चैत्र २०७६, १४ : ०९
47 Shares


१. हामी सुख दुख सहन अभ्यस्त छौं | कठिनाइको हिमाल चढ्ने बानी हाम्रो जीनमा छ |
२. हामीले दैनिक ताजा खाना खान्छौं | नास्ता, खाना, खाजा, खाना, चिया, कफी जे खाएपनि ताजा खान्छौं | फ्रिजको बासी खाना तथा बाहिरको खाना खाने हाम्रो संस्कार छैन |
३. हामी परिश्रमी छौं | शारीरिक परिश्रम हाम्रो बानी हो |
४. हाम्रो खानामा प्रयोग गर्ने बेसार, अदुवा, लसुन, प्याज, टिमुर,ज्वानो, दालचिनी, तेजपात, मरौटि, पुदिना, सम्फो, जुदो, सिलम, मरीच, जिम्मु आदिमा रोग प्रतिरोधात्मक क्षमता प्रचुर हुन्छ |
५. हामीले ट्वाक्क खाने अमिलो, पिरोमा प्रचुर भिटामिन सि पाइन्छ |
६. तेलले मालिस गरेर, तालुमा तेल ठोकेर तथा प्राकृतिक खाना खाएर हामी हुर्किएका हौँ |
७. हामी नाचगान, हाँसोठट्टा तथा रमाइलो धेरै गर्छौं | हाम्रा चाडपर्व सबै रमाइला र भोजभतेर गर्ने टाइपका छन् |
८. भबितब्यमा पनि रमाउने, सहने हाम्रो बानी छ |
९. हामी दैनिक चिया खान्छौं | चियामा एन्टी अक्सिडेन्ट गुण हुन्छ |
१०. भटमास, च्युरा, गुन्द्रुक, मस्यौरा, भटमास, क्वाटी, खिचडी, मोही, साँधेको बदाम आदिले हाम्रो आन्तरिक प्रणाली बलियो छ |
११. हामीले ट्वाइलेट पेपर, टिस्स्यु पेपर, काँटा चम्चा तथा नेप्किनको प्रयोग कम गर्छौं | त्यस्तै वासिंग मेसिनको प्रयोग थोरैले गर्छौं | यसको मतलब हामीले बिहानदेखि साँझसम्म दर्जनौं पटक हात धोइरहन्छौ | पानीसंग खेल्ने हाम्रो बानीले कोरोना संक्रमणको चेन ब्रेक गर्दछ |
१२. हामीले खाने चटनी ( गोलभेंडा, भांगो, धनियाँ, पदिना, बत्तिलो घिरम्लो,कुटेको आलु, काँचो आँप, खट्टा बैगुन, पोलेर पिसेको भान्टा, तील, फर्सीको बियाँ आदिको ) र छोप स्वादिलो मात्र हैन, एन्टी सेप्टिक पनि छ |
१३. केराको बुङ्गो, कोइरालाको फूल, काभ्रोको मुना, सजीवन, लप्सी, सिप्लिकान, भक्किम्लो, सित्तलचिनी, गोलभेंडाको भेत्तल आदिको अचार निकै स्वस्थबर्धक हुन्छ |
१४. हाम्रा परम्परागत खाना जस्तै नेवारी खाजा, थकाली खाना लगायत निकै सन्तुलित छन् |
१५. हामीले पुजा गर्दा थाहा नपाइ मेडिटेसन गरिरहेका हुन्छौं |
१६. दुध, दही, घ्यु, हरियो सागसब्जी, दाल, भात, रोटी, फापर, मकै, कोदो, चना, केराउ, मौसम अनुसारका फलफुल निकै स्वस्थबर्धक हुन्छन् |
१७. अयला, जांड, छ्यांग, तोम्बा, कोदाको ठर्रा, तीनपाने, ताडी लगायतका घरेलु रक्सी उचित मात्रामा खाँदा स्वास्थ्य बिग्रेको हुँदैन |
१८. हामीले आफनी बारी, खेत, करेसाका तरकारी ताजा टिपेर खाने गर्दछौं |
१९. हाम्रो खानाको रुटिन निकै बैज्ञानिक छ | बिहानदेखि रातिसम्म धेरैपटक खाना / खाजा खान्छौं |
२०. तत्काल काटेको मासु खाने प्रचलन निकै स्वस्थकर छ | हामीले फ्रोजन मासु ल्याएर, फ्रिजमा राखेर महिनौं खादैनौं |
२१. हामी कहाँ अत्यधिक मोटोपनको समस्या छैन |
२२. हामीहरु मुख बार्न निकै सिपालु छौं |
२३. बिभिन्न बारमा ब्रत बस्ने चलनले पाचन प्रणालीलाई तरोताजा राख्दछ |
२४. आयुर्बेद, योग, प्राकृतिक चिकित्सा, हिमालय मेडिसिनको स्थानीय स्तरमा निकै प्रयोग हुन्छ |
२५. तन्त्र, मन्त्र, लागो, धामीझाँक्री आदिको मनोबैज्ञानिक पक्ष आत्मबल बर्धक छ |

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।