ताजा अपडेट »

उपचाररत कोरोना संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ

विहीबार, २० चैत्र २०७६, १३ : २८
2 Shares

काठमाडौ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत कोरोना भाइरस संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । फ्रान्सबाट आएकी एक युवती र दुबईबाट आएका कोरोना संक्रमित युवकको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको हो । 

दोस्रो रिपोर्ट नेगेटिभ आए उनीहरुलाई डिस्चार्ज गर्ने तयारी थियो । दोश्रो पटकको रिपोर्टमा पनि पोजेटिभ आएपछि उनीहरुको अस्पताल बसाइ लम्बिएको छ । अस्पतालले दिएको जानकारी अनुसार उनीहरु दुवैको स्वास्थ्य अवस्था भने सामान्य छ ।अब दुई दिनपछि फेरि नमुना संकलन गरेर परीक्षण गरिने टेकु अस्पतालले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।