ताजा अपडेट »

कोरोना अस्पतालमा मृत्यु प्रकरण : पिडित परिवारलाई क्षतिपुर्ति दिन तरुण दलको माग

विहीबार, २० चैत्र २०७६, १० : १८
6 Shares

बुटवल । केहि दिन अघि बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा पाल्पाका बाबुराम थापाको उपचार अभावमा मृत्यु भएको भन्दै नेपाल तरुण दल रुपन्देहीले उचित क्षतिपुर्तिको माग गरेको छ । उनको रिर्पोटमा कोरोना भाईरस नेगेटिभ देखिएपछि उक्त अस्पतालमा किन लगिएको भन्ने प्रश्न गम्भीर रुपमा उठेको भन्दै उनको मृत्युको कारण दिन नसक्ने अस्पताल प्रशासन एवं प्रदेश र स्थानिय सरकारको गंभिर लाहप्रर्वाहि देखिएको तरुण दलले आरोप लगाएको छ ।

तरुण दलका जिल्ला सचिव रमेश शाहीले एक विज्ञक्ती जारी गर्दै तत्काल पिडित परिवारलाई उचित क्षर्तिपुर्ति दिन जोडदार मागगरिएको छ । आर्थिक हिसावले समेत निकै कमजोर परिवार त्यसमाथी सबैलाई पाल्ने अभिभावक गुमाएको र वच्चाहरुको समेत विचल्ली भएकोले तत्काल यो विषयमा सरकारी सम्वेदनशिलता देखिन जरुरी रहेको विज्ञक्तीमा भनिएको छ । साथै कोरोना विशेष अस्पतालमा पुर्वाधार विना विरामीहरु राख्ने र उनिहरुले उपचार नै नपाउने विषयमा आफुहरुको गंभिर ध्यानाकषैण भएको उल्लेख गरिएको छ ।

त्यसैगरि विज्ञक्तीमा भारतिय सिमानाकाहरुमा रोजगारीका लागि गएका नेपालीहरुको विचल्ली भएको भन्दै उनिहरुको उद्धार र स्वास्थ्य उपचारका विषयमा सरकारलाई गंभिर बन्न पनि भनिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।