ताजा अपडेट »

नाकामा अलपत्र भारतीय प्रतिमान नीमा कलेजको क्वारेन्टाइनमा

बुधबार, १९ चैत्र २०७६, २० : ३७
4 Shares

भैरहवा । नेपाल–भारत सीमा नाका सुनौलीमा अलपत्र परेका नेपालीलाई भारतमै क्वारेन्टाइनमा राखेर व्यवस्थापन गरिएको छ । केही दिनदेखि सीमा क्षेत्र सुनौली दशगजामा बस्दै आएका ३ सय नेपालीलाई नौतनवामा राखिएकोे हो । मंगलबार नेपाल र भारत दुई देशका सुरक्षा अधिकारीबीचको संवादले दुवै देशमा अलपत्र परेका नागरिकलाई आ–आफ्नै देशतर्फ व्यवस्थापन गर्ने सहमति भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।

नेपालबाट भारततर्फ जानका लागि बेलहिया पुगेका १ सय ५६ जना भारतीय मजदुरलाई भने नेपाल पक्षले क्वारेन्टाइनमा राख्ने गरी सहमति गरिएको प्रजिअ पन्थले जानकारी दिए । दुवै देशका नागरिक दशगजा क्षेत्रमा अलपत्र परेपछि स्थानीयस्तरबाट दुवै देशका सरकारप्रति आलोचना बढेको थियो । सीमामा अलपत्र परेका नेपालीलाई भारतको नौतनवातर्फ लगिएको छ भने भारतीय मजदूरलाई रुपन्देहीको भैरहवास्थित प्रतिमान निमा कलेजमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए ।

प्रतिष्ठानले २००३ देखि शिक्षा, स्वास्थ तथा वातावरणको क्षेत्रमा काम गर्दै आइरहेको छ, संकटमा परेका मानिसलाई सहयोग गर्नु मानवीय दायित्व हो, प्रतिमान नीमा स्मति प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले भनिन् ‘संकटको समयमा परेका व्यक्तिका साथै राज्यलाई सहयोग गर्नु हाम्रो दायित्व हो ।’ सरकारको काममा थप सहयोग होस् भन्ने उद्देश्यले प्रतिष्ठानले यस्तो कदम चालेको उनले बताइन् ।

साथै प्रतिस्ठानले जिल्ला बिपत ब्यबस्थापन समितिलाई १५०० थान सर्जिकल मास्क हस्तान्तरण गर्ने साथै क्वारेन्टाईनमा बसेकाहरुलाई चिया, नास्ताको बेबस्था गर्ने भयको छ । प्रतिस्ठानले २००३ देखि स्वास्थ तथा वातावरणको क्षेत्रमा काम गर्दै आईरहेको छ।प्रतिमान–निमा कलेजको क्वारेन्टाइनमा बसेका भारतीय नागरिकहरुलाई सिद्धार्थनगर नगरपालिकाले व्यवस्थापन गरेको उपप्रमुख उमा काफ्लेले बताइन् । यहाँ खानपिनको व्यवस्था छ, क्वारेन्टाइनमै उहाँहरुलाई १४ दिन राखिनेछ, अहिलेको अनुसार महामारीमा सर्तकता अपनाउँदै अगाडी बढ्नुपर्छ, उनले भनिन् । त्यस्तै क्वारेन्टाइनमा रहेका भारतीय नागरिकहरुको व्यवस्थापनमा बेलहिया समाजले पनि सहयोग गरेको स्थानीय रमेश पोखरेलले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।