५ जेष्ठ २०७९, बिहीबार

May 19, 2022

बुटवल । सरकारले स्वास्थ्य उपकरण खरिदमा ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि (ओबीसीआई) सँग भएको सम्झौता खारेज गरेको छ। ओम्नीसँग ५ करोड रुपैयाँ धरौटी पनि जफत गरिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए। साथै सरकारले उक्त कम्पनीलाई कालो सूचीमा राख्ने निर्णय गरेकाे छ।

सम्झौताबमोजिम सामान आपूर्ति नगरेपछि रद्द गरिएकाे बताइएकाे छ। कम्पनीले पहिलो लटमा १० प्रतिशत मात्रै सामान ल्याएको र थप सामान ल्याउन अक्षमता देखाएपछि रद्द गरिएको श्रेष्ठले बताए।
साथै अब ३ दिनभित्र अर्को सूचना जारी गरी स्वास्थ्य उपकरण खरिदका लागि नयाँ प्रक्रिया थालिने महानिर्देशक श्रेष्ठले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिए। विभागले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री खरिद गर्न ओम्नीसँग एक अर्ब २४ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

उक्त कम्पनीसँगको सम्झौतामा अनियमितता भएको भन्दै विरोध भएपछि सरकार सम्झौता फिर्ता गर्न बाध्य भएको बताइएको छ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै ‘ब्युटी प्याजेन्ट’ का नाममा याैन हिंसामा परेकी युवतीको पीडा- बेहोस बनाएर बलात्कार गरेका थिए काठमाडौंमा स्थापितभन्दा बालेन १० हजार बढी मतले अगाडि केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे अबदेखि जेठ १० गते नेपाल परराष्ट्र सेवा दिवस मनाइने दुःखीका दुई साक्षत ‘भगवान’ ! कर्णालीका कान्छा मेयर विष्णु भाम भन्छन्- छायाँनाथ रारालाई नमुना पालिका बनाउँछु ५७० पालिकाको सकियो मतगणना, कुन दलले कति पालिका जिते ? पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको प्रमुखमा एमालेका गुप्ता निर्वाचित नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेसका मियाँ विजयी नेपाल टस जितेर बलिङ गर्दै संसद् बैठकमा उपस्थित हुन अर्थमन्त्री शर्मालाई सभामुखको निर्देशन छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु तीन दिन मनाइने गणतन्त्र दिवस …जहाँ एमालेले लालकिल्ला जोगायो धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ १४० मतले अगाडि कोभिड महामारीमा मानवीय उद्धारमा खटियो, गर्व लाग्छ: मेयर भुसाल कुटपिटबाट एक जनाको मृत्यु