ताजा अपडेट »

प्रदेश ५ को विपद् व्यवस्थापन कोषमा कुमारी बैंकको १० लाख

बुधबार, १९ चैत्र २०७६, १५ : ३१
6 Shares

बुटवल । कोरोना (कोभिड–१९) रोगको सम्भावित संक्रमणबाट बच्न र बचाउन एवम् व्यवस्थापन गर्नका लागि ५ नम्बर प्रदेश सरकारले निर्माण गरेको विपद् व्यवस्थापन कोषमा कुमारी बैंक लिमिटेड ५ नम्बर प्रदेश शाखाले १० लाखको चेक प्रदान गरेको । सो चेक ५ नम्बर प्रदेशका माननीय मुख्यमन्त्री शंकर पोखरेललाई कुमारी बैंक बुटवल शाखा प्रवन्धक सुदन खत्रीले बुझाएका हुन् । सो चेक बुझ्दै माननीय मुख्यमन्त्रीले विपद्का समयमा सहयोग गर्नु राम्रो पक्ष रहेको र सहयोगी कुमारी बैंक लिमिटेड ५ नम्बर प्रदेश शाखालाई विशेष आभारसहित धन्यवाद प्रकट गरेका छन् ।

५ नम्बर प्रदेश सरकारले कोरोना संक्रमणबाट बच्नका निम्ति लकडाउनलाई पूर्णरुपमा पालना गर्न आमनागरिकलाई अनुरोध गरेको,अस्थायी क्वारेन्टाइन बनाउन सबै स्थानीय सरकारलाई निर्देशन गरेको,ज्यालादारी गरी खान बाध्य निमुखाहरुलाई राहतका लागि योजना बनाइ अघि बढ्न सम्बन्धित सबैलाई अनुरोध समेत गरेको छ । साथै नयाँ आएका व्यक्तिहरुलाई क्यारेन्टाइनमा निश्चित समयसम्म बस्न र स्वास्थ्य समस्या देखिइ हालेमा तुरुन्त अस्पताल तथा स्वास्थ्य केन्द्रमा परीक्षणका लागि जान समेत अनुरोध गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।