२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

बुटवल । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको ९ औं दिन पुगेको छ । ११ गतेदेखि लकडाउन भएसँगै सरकारले अत्यावश्यक तथा आकस्मिक अवस्था बाहेक घर–बाहिर ननिस्कन निर्देशन गरेको छ । लकडाउनको दोस्रो दिनदेखि किराना तथा खाद्यान्न पसल सुचारु गर्ने भनिए अनुसार उनीहरुले आ–आफ्नो स्थानबाट सेवा दिएका छन् । तर, केही व्यवसायी व्यक्ति वा संघ–संस्थाले भने घर–घरमै सेवा दिएका छन् । जसमा सामान्य ठेला व्यवसायदेखि ठूला सुपर मार्केटसम्म रहेका छन्।

Advertisement

दुग्ध व्यवसायी
किसानले उत्पादन गरेको वा आफ्नै घरमा दुध उत्पादन गरी घर–घरमा पुुर्याउने दुग्ध व्यवसायीले कोरोना संक्रमणको कहर र लकडाउनको समयमा पनि घर–घरमा दुध पुर्याएका छन्। उनीहरुले पूरानै मूल्यमा दुध उपलब्ध गराएका छन् । लकडाउनका कारण सहर छोडेर धेरै परिवार गाउँ गएको हुुनाले कम खपत भएको गुनासो गरेका छन् । बुटवलमा विशेषगरी गैडहवा गाउँपालिका ,शुद्धोधन गाउँपालिका ,सैनामैना नगरपालिका,देवदह नगरपालिका र तिलोत्तमा नगरपालिका किसानहरुले दुध वितरण गर्ने गर्दछन् ।

हरियो तरकारी

बुटवलको मिलनचोक,तिनकुनेमा रहेको तरकारी तथा फलफुल पसल‘हरियो तरकारी’ ले दैनिक जिविकोपार्जनका लागि अत्यावश्वक तरकारी तथा फलफुलहरु लकडाउनको अवधीमा पनि घर–घरमा पुुर्याएको छ । हरियो तरकारीले यथावत तथा नियमित मूूल्यमा नै घर–घरमा निःशुुल्क सेवा प्रदान गरेको प्रबन्ध निर्देशक लक्ष्मण शर्माले जानकारी दिए । उच्च सतर्कता र सावधानी अप्नाउँदै सेवा दिइरहेको उनले बताए । उनले भने ‘सर–सफाई , दूरी कायम गर्दै ५ जना सहकर्मीहरुबाट फरक–फरक दिशातर्फ उपभोक्ताले माग गरे अनुसार विशेषगरी तरकारी घर–घरमा पुर्याएका छौं । हामीले फोन सम्पर्कबाट माग भए अनुसारको सामग्री उपलब्ध गराएका छौं ।’ त्यसैगरी बुटवलका ठेला व्यवसायीहरुलेपनि तरकारी तथा फलफुल घर–घरमा पुर्याएका छन् ।

भाट–भटेनी सुपरमार्केट

भाटभटेनी सुपरमार्केटले लकडाउनको समयमा उपभोक्ताको घर–घरमा खाद्यान्न सामग्री उपलब्ध गराएको छ । लकडाउन पूर्वनै कोरोनाका कारण बजारमा खाद्यान्न अभाव र कालोबजारी भएपनि भाटभटेनीले पूरानै मूल्यमा उपभोक्तालाई सहज रुपमा खाद्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता गरेको भाटभटेनीले आवश्यकता अनुसार खाद्यान्न सामग्री उपलब्ध गराएको छ । सुपरमार्केटका व्यवस्थाप विनोद भट्टराईले देशका विभिन्न स्थानमा रहेका भाटभटेनीका स्टोरले सो सेवा प्रदान गरेको बताउँदै बुटवल स्थित भाटभटेनीले पनि यस क्षेत्रमा घर–घरमा खाद्य सामग्री पुर्याइरहेको बताए । सुपर मार्केटले स्कूटर,भ्यानको प्रयोग गर्दै रु.दुई हजारदेखि माथीको (एक्लै वा समूहमा) सामग्री माग गर्नेहरु कहाँ घरमै पुर्याउने जनाएको छ । सुपर मार्केटले विहान ११ बजेदेखि साँझ ४बजेसम्म फोन सम्पर्कबाट माग भएअनुसार खाद्यन्न सामग्री डेलिभरी दिएको व्यवस्थापक भट्टराईले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य तिलोत्तमामा चापागाईँ खाँण भन्दा ८ मतले अघि चुनाव चिन्ह दाङमा दुई पालिकाका र ३९ वडाको नतिजा सार्वजनिक भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’ विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर मृत्यु हुनेको सनाखत एमालेले सत्ता गठबन्धनमाथि लगाएको आरोपप्रति कांग्रेसको आपत्ति, ‘नतिजाले एमाले अत्तालियो’ भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास शुद्धोधन गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका अधिकारी विजयी विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु स्थापितभन्दा बालेन २८७५ मतले अगाडि गोरखामा एमाले उम्मेदवार १ मतअन्तरले विजयी भएपछि तनाव, सर्वदलीय बैठक बस्दै लुम्बिनी आएर भारतीय प्रधानमन्त्री मोदीले भने– न्यानो स्वागतको लागि धन्यवाद प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले मायादेवी मन्दिरमा एकसाथ गरे प्रार्थना