ताजा अपडेट »

तिलोत्तमा व्यापार संघद्वारा प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग तथा मास्क वितरण

बुधबार, १९ चैत्र २०७६, ०९ : २५
10 Shares

बुटवल । कोरोना भाइरसको महामारीले गर्दा नगरपालिकाले दैनिक ज्याला गर्ने तथा अति बिपन्न परिवारलाई सहयोग गर्दै राहत वितरण गरेको अवस्थामा तिलोत्तमा चेम्बर अफ कमर्स(ब्यापार संघ)ले सहयोगमा उर्जा थपेको छ । राहत कार्यमा थप सहयोग पुगोस् भन्ने उदेश्यका साथ् कमर्शले २ हजार थान मास्क र नगद र ५३ हजार ५ सय नगरपालिकाको प्रकोप व्यवस्थापन विशेष कोषमा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेलाई संघका अध्यक्ष जे.पि कंडेलले मंगलबार सहयोग हस्तान्तरण गरेका हुन ।

कमर्शले गरेको सहयोग प्रति नगरपालिकाको तर्फबाट नगरप्रमुख बासुदेव घिमिरेले खुल्ला हृदयले प्रशंशा गरे । स्वास्थ्यका हिसाबले चनाखो भै आयोजित एक कार्यक्रममा उप-मेयर जागेस्वरी देवि चौधरी, प्रमुख प्रशासकिय अधिकृत माधव प्रसाद शर्मा , नगर प्रवक्ता सुरेन्द्र श्री, संघका कानुनी सल्लाहकार खुमाकान्त पौडेल, कोषाध्यक्ष नेत्र प्रसाद न्यौपाने, कार्यालय प्रमुख रामु सापकोटाको उपस्थिति रहेको थियो ।कमर्शले कोरोनाको चपेटामा परेका ब्यबसायीहरुको लागि केही दिन पहिला पनि घरभाडा छुट, बैंक व्याज, किस्ता समय थप गर्ने विषयमा निर्णय गरी ध्यानाकर्षण समेत गराएको थियोे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।