२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

काठमाडौ । नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका ४ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

गत ४ चैतमा बेल्जियमबाट नेपाल आएकी बाग्लुडकी १९ वर्षीया युवतीको पनि स्वास्थ्य अवस्था पहिलेको भन्दा सुधार भएको र सामान्य अवस्थामा आएको धौलागिरि अस्पताल बाग्लुङका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बिके पोखरेलले जानकारी दिए । ती युवतीसँगै पोखरा गएका र उनीसँग नजिक रहेका नौजनाको स्वाब परीक्षणको जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइसकेको पनि उनले जानकारी दिए ।

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचारत दुवै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिए । उक्त अस्पतालको आइसोलेसनमा फ्रान्सबाट गत ४ चैतमा आएकी काठमाडौंकी १९ वर्षीया किशोरी र गत ६ चैतमा दुबईबाट आएका युवाको उपचार भइरहेको छ । दुवैजनाको दोस्रो परीक्षणका लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने तयारी भइरहेको अस्पतालका निर्देशक डा. राजभण्डारीले बताए ।

यसैगरी कैलालीको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार गराइरहेका दुबईबाट ६ चैतमा आएका ३४ वर्षीय संक्रमित युवाको अवस्था पनि सामान्य रहेको अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले जानकारी दिए । उनले संक्रमितका नजिकका परिवार तथा उनले भेटेका मानिसहरूको पनि निगरानी गरिरहेको बताए । उनको अहिले अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

२२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य तिलोत्तमामा चापागाईँ खाँण भन्दा ८ मतले अघि चुनाव चिन्ह दाङमा दुई पालिकाका र ३९ वडाको नतिजा सार्वजनिक भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’ विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर मृत्यु हुनेको सनाखत एमालेले सत्ता गठबन्धनमाथि लगाएको आरोपप्रति कांग्रेसको आपत्ति, ‘नतिजाले एमाले अत्तालियो’ भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास शुद्धोधन गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका अधिकारी विजयी विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु स्थापितभन्दा बालेन २८७५ मतले अगाडि गोरखामा एमाले उम्मेदवार १ मतअन्तरले विजयी भएपछि तनाव, सर्वदलीय बैठक बस्दै लुम्बिनी आएर भारतीय प्रधानमन्त्री मोदीले भने– न्यानो स्वागतको लागि धन्यवाद प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले मायादेवी मन्दिरमा एकसाथ गरे प्रार्थना भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा, देउवाले गरे स्वागत