ताजा अपडेट »

प्रशासन कार्यालय दाङद्वारा घरधनीलाई निर्देशन जारी

मंगलबार, १८ चैत्र २०७६, २१ : ४४
2 Shares

तुलसीपुर । जिल्ला प्रशासन कार्यालय दाङ्गले एक विज्ञप्ती जारी गर्दै घरधनीहरुलाई निर्देशन जारी गरेको छ । कोठा भाडामा वस्ने विद्यार्थी र स्वास्थ्यकर्मीलाई कोरोना प्रकोपको सन्त्रासका कारण अमानविय ढँगले घरमा नबस्न भनेपछि प्रशासनले चासो दिएको हो ।

कार्यालयले जारी गरेको विज्ञप्तीमा कुनै पनि प्रकारको दवाव नदिनका लागि उल्लेख गरिएको छ । ‘स्वास्थ्य जस्तो पवित्र क्षेत्रमा काम गर्ने र अध्ययनका लागि भाडामा बस्ने विद्यार्थीलाई घर छाड्नका लागि अनावश्यक दबाव दिन मिल्दैन’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालद्वारा हस्ताक्षरित विज्ञप्तीमा कसैले सुचनाको अवहेलना गरेमा कानुन वमोजिम कारबाही गरिने समेत उल्लेख छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।