ताजा अपडेट »

धुर्काेट गाउँपालिका-७ द्वारा राहत साम्रगी वितरण

मंगलबार, १८ चैत्र २०७६, २० : ४९
26 Shares

गुल्मी । गुल्मीको धुर्काेट गाउँपालिका वडा नं. ७ ले दैनिक ज्याला मजदुरी गरेर खाने र एकल महिलालाई राहत साम्रगी वितरण गरेको छ । वडाका ६० घरपरिवारलाई २५ के.जि चामल, ५ के.जि आलु, १ पोका तेल, १ के.जि नुन लगायतका दरले राहत सामाग्री वितरण गरेकोे हो ।

विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड १९ )रोकथाम तथा नियन्त्रण गर्नका सरकारले लकडाउन गरेसँगै दैनिक ज्याला मजदुरी नगरी बिहान साँझ छाक टार्न समेत समस्या रहेका गरिब तथा ठुलो परिवारलाई राहत वितरण गरीएको वडा अध्यक्ष हिम प्रसाद पन्थिले बताए । उनले सरकारले जारी गरेको लकडाउन हामी सबै नागरिकको हितका लागि भएको भन्दै यसको पूर्ण रुपमा पालना गर्न समस्त वडाबासीलाई आग्रह गरे । साथै आवश्यक परेको खण्डमा सम्पूर्ण वडाबासीलाई जस्तो सुकै सहयोग गर्नका लागि पनि आफू तयार रहेको अध्यक्ष पन्थीले बताएका छन् ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष विभिन्न संघ सस्थाका अध्यक्ष,उपाध्यक्ष वडाका रहेका समाजसेबी लागायको उपस्थितिमा राहत वितरण गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।