ताजा अपडेट »

कोरोना सर्ने भन्दै डेरा गरि बस्ने नर्सलाई घरबाट निकाल्ने वडा सचिव पक्राउ

मंगलबार, १८ चैत्र २०७६, १९ : ५४
6 Shares

दाङ । दाङको घोराहीका एक वडा सचिवले आफ्नो घरमा डेरा बस्दै आएकी नर्सलाई घरवाट निकालेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।

कोरोना भाइरस सर्ने भन्दै वडा सचिवले नर्सलाई घरबाट निकालेपछि जिल्ला प्रशासन कार्यालय दाङले घरवेटीलाई तत्काल पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय दाङलाई निर्देशन दिएको थियो । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले डेराबाट नर्स निकाल्ने घरवेटी घोराही २ का वडा सचिव समेत रहेका नारायण आचार्यलाई पक्राउ गर्न निर्देशन दिएका थिए । निर्देशनपछि प्रहरीले आचार्यलाई समातेको र कानुन वमोजिम कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ गणेपुर घर भइ हाल घोराहीस्थित बुद्ध इन्टरनेसनल हस्पिटलमा कार्यरत २० बर्षीया नर्स सृजना खड्का आचार्यको घरमा बस्दै आएकी थिइन् । नवलपुरस्थित आचार्यको घरमा गत मंसिरदेखि साथीहरुसंगै भाडामा बस्दै आएकी खड्कालाई घरमा बस्न नदिएपछि हाल उनी घोराहीस्थित एक होटेलमा बस्दै आएकी छन् ।

लकडाउनको समयमा सबै घर भित्रै बस्दापनि विदा नपाएपछि आफु डेरा र हस्पिटल आवत जावत गरेको हुँदा वडा सचिवले कि हस्पिटल छोड्न कि आफ्नो घर छोड्न भनेकाले बाध्य भएर डेरा छोडेको सृजनाले बताइन । उता वडासचिव आचार्यले भने नर्स खड्कालाई घरवाट नलिकालेको जिकिर गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।