ताजा अपडेट »

नेपाल भ्रमणवर्ष-२०२० औपचारिक रुपमा नै स्थगित

मंगलबार, १८ चैत्र २०७६, १९ : २५
8 Shares

काठमाडौं । ‘नेपाल भ्रमण वर्ष–२०२०’स्थगित भएको छ । कोरोना भाइरसको प्रभाव देखिएसँगै अप्रिलसम्मका लागि मात्रै स्थगित गर्ने भनिएको भ्रमण वर्ष औपचारिक रुपमै सरकारले स्थगित गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए । उनका अनुसार भ्रमण वर्षको सचिवालय पनि बैशाख १ गतेबाट खारेज हुने भएको छ ।सरकारले २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको थियो ।

यसै अनुरुप जनवरी १ मा सरकारले केन्द्र, सबै प्रदेश र स्थानिय तहबाट यसको शुभारम्भ गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।