५ जेष्ठ २०७९, बिहीबार

May 19, 2022

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सम्बन्धमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा जथाभावी नबोल्न आग्रह गरेको छ ।

Advertisement

मन्त्रालयको सोमबार नियमति पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालका स्वास्थ्यविज्ञ डा खेम कार्कीले कोभिड–१९ का सम्बन्धमा जथाभावी बोल्नाले जनमानसमा नकारात्मक सन्देश गएकाले स्वास्थ्यकर्मी तथा विभिन्न व्यक्तिलाई निजी धारणा बनाई नबोल्न आग्रह गरेको जानकारी दिए।

“स्वास्थ्यकर्मीको निजी धारणा र अनुभव सामाजिक सञ्जालमा सार्वजनिक भइरहकामा यस्ता निजी धारणा र अनुभवले जनतामा भ्रम सिर्जना गरेको हुँदा कुनै पनि स्वास्थ्यकर्मीले मन्त्रालय वा विश्व स्वास्थ्य सङ्गठनले प्रकाशित गरेका सूचना सामग्रीभन्दा फरक नहुने गरी कोभिड–१९ सँग सम्बन्धित धारणा नगर्न/नगराउन अनुरोध गर्दछौँ”, उनले पत्रकार सम्मेलनमा भने । यसैगरी उनले अहिले कुनै पनि रोगले मानिसको मृत्यु भए पनि त्यो कोरोनाको कारणले भयो भन्ने प्रचार भएकाले त्यसो नगर्नसमेत सञ्चारमाध्यमलाई अनुरोध गरे । “अरु रोगले मान्छेको मृत्यु भयो भने अहिले कोरोनाको कारणले भन्ने गरिएको छ,” उनले भने, “नेपालमा अहिलेसम्म कोरोनाको कारणले कोही मरेको छैन ।

सङ्क्रमण भएकाको अवस्था सामान्य रहेको छ ।” उनले अन्य मुलुकमा जस्तो नेपालमा कोरोनाको सङ्क्रमण नफैलिएको भन्दै विदेशबाट फर्किएकालाई माया गरी राम्रोसँग होम क्वारेन्टाइनमा राख्ने हो भने कोरोना नफैलिने बताए । पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोभिड–१९ का सङ्क्रमण भएका परिवारको परीक्षण गर्दा सङ्क्रमण नदेखिएकाले उनीहरुको निगरानी (कन्ट्याक ट्रेसिङ) गरिएको जानकारी गराए । नेपालमा अहिलेसम्म पाँच जनामा सङ्क्रमण देखिएको छ । उनले अहिलेसम्म ९९३ को नमूना परीक्षण गरिएको र ७८ को नतिजा आउन बाँकी रहेको जानकारी दिए ।

उनले अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चार जना र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना आइसोलेसनमा रहेको जानकारी दिए । यसैगरी सातवटै प्रदेशमा रहेका अस्पतालमा ९३ आइसोलेसनमा रहेका छन् ।उन्ले बाहिरी मुलुकबाट नेपाल आएका ४१ हजार १४० को नाम स्थानीय तहले उपलब्ध गराएको जानकारी दिए। नमूना परीक्षणका लागि चाहिने मेशिनको परीक्षण गरी सातवटै प्रदेशमा पठाउने तयारी गरिएको उनले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै ‘ब्युटी प्याजेन्ट’ का नाममा याैन हिंसामा परेकी युवतीको पीडा- बेहोस बनाएर बलात्कार गरेका थिए काठमाडौंमा स्थापितभन्दा बालेन १० हजार बढी मतले अगाडि केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे अबदेखि जेठ १० गते नेपाल परराष्ट्र सेवा दिवस मनाइने दुःखीका दुई साक्षत ‘भगवान’ ! कर्णालीका कान्छा मेयर विष्णु भाम भन्छन्- छायाँनाथ रारालाई नमुना पालिका बनाउँछु ५७० पालिकाको सकियो मतगणना, कुन दलले कति पालिका जिते ? पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको प्रमुखमा एमालेका गुप्ता निर्वाचित नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेसका मियाँ विजयी नेपाल टस जितेर बलिङ गर्दै संसद् बैठकमा उपस्थित हुन अर्थमन्त्री शर्मालाई सभामुखको निर्देशन छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु